काठमाडौ । चिकित्सा शिक्षा तथा स्वास्थ्थ सेवा सुधारको माग राख्दै बिगत २७ दिन देखी अनसनमा बस्दै आउनु भएका चिकित्सक गोबिन्द केसीको मागमा सरकार उदासिन भएको भन्दै नेपाल चिकित्सक संघ सर्घषको कडा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।
संघले कोरोना र आकस्मिक बाहेकका सबै सेवा लाई ठप्प पार्दे सरकारलाई दवाब दिने तयारी गरिरहेको एक सदस्यले जानकारी दिनुभयो । बिहिबार साँझ सम्म सरकारी र डा केसी पक्षका वार्ता टोली बिच एकखालको सहमति भएपनि शुक्रबार फेरी वार्ता नै हुन सकेन । डा केसी पक्षले २०७५ साउन १० मा भएको सहमतिलाई पूर्णरुपमा पालना गर्नु पर्ने र नयाँ सहमति मन्त्रीपरिषद् बाट पारित गर्नुपर्ने अडान राखेपछि सरकारी टोली त्यसमा सहमत हुन नसकेको हो ।
शुक्रबार राती नौ बजे बाट दुबै पक्ष बीच वार्ता भएपनि यीनै बिषयमा सहमति हुन नसकेपछि अन्योलता बढेको हो । यता २७ दिन अनसनमा रहनु भएका डा.केसीको स्वास्थ्थ अबस्था जटिल बन्दै गएको उपचारमा सग्लन चिकित्सकहरुले जानकारी गराएका छन् । अनसनरत डा .केसीको मागमा समर्थन जनाउन र माग पुरा गराउन सरकारलाई दवाब दिन बिभिन्न समुहले काठमाडौको माईतिघरमण्डलामा प्रर्दशन गरेका छन् ।










