१४ श्रावण २०८३, बिहीबार
,
Latest
प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानून निर्माण गर्न सरकारसँग माग सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम बलसम्म संघर्ष गरेकाले जित सम्भव भयो– गुल्सन झा



अ+ अ-

काठमाडौँ । कर्णाली याक्सका क्रिकेटर गुल्सन झाले ट्वान्टी–२० मा नतिजा के हुन्छ भन्ने आँकलन गर्न नसकिने नभएकाले अन्तिम बलसम्म आफ्नो टोलीले संघर्ष गरेको बताए ।

त्यसैले पनि लुम्बिनी लायन्सविरुद्ध अन्तिम बलसम्म एकअर्कालाई प्रोत्साहित गर्दै जित निकाल्न सक्छौं भन्ने विश्वास रहेको बताए । टी ट्वान्टी खेल जहिल्यै पनि प्रतिस्पर्धात्मक हुने कहिले कहीँ मात्र एकपक्षीय खेल हुने भएकाले पनि आफ्ना सहकर्मीले मेहनत गरेको बताए । उनले स्पिनरलाई मात्र मद्दत मिल्ने पिच भएकाले पनि आफूले बलिङ नगरेको उल्लेख गरे । शुरुका खेलमा हार व्यहोरे पनि टोलीले सधै उच्च आत्मबलका साथ खेलेको गुल्सनको भनाइ छ ।

प्रशिक्षक ज्ञानेन्द्र मल्ल र सोमपालले खेलमा हार भएपनि खेलाडीलाई सम्हादा जित सम्भव भएको उनी बताउँछन् । उनले ब्याटिङ गर्न कसैका लागि पनि सहज नभएको उल्लेख गरे । गुल्सनले आफ्नो उत्कृष्ट प्रदर्शनको पर्खाइ रहेको पनि बताएका छन् । शिखर धवनले ब्याटिङमा सुस्त शुरुवात भएपनि धैर्यतापूर्वक खेल्नुपर्ने सुझाव दिएको गुल्सनको भनाइ छ । धवनले आफ्नो खेल करियरको सुरुआती क्षणका बारे पनि आफूहरूलाई बताएको गुल्सनले उल्लेख गरेका छन् ।

प्लेअफ यात्राबाट बाहिरिसकेको लुम्बिनीका विकास आग्रीले सेट ब्याट्सम्यान आउट भएपछि लयमा रहेको खेल गुमाउनुपरेको बताएका छन् । आजको खेलमा जित निकाल्ने लक्ष्यसहित खेले पनि सम्भव नभएको उनी बताउँछन् । उनले टिममा बलिङ र ब्याटङतर्पm राम्रा खेलाडी भएपनि राम्रो नतिजा आउन नसकेको उल्लेख गरे । उनले लुम्बिनी हारेकाले आफ्नो प्रदर्शनमा सन्तुष्ट नरहेको पनि बताएका छन् । विकासले विदेश खेलाडीबाट प्रशिक्षण शैली र माइन्ड सेटकाबारे सिक्न पाएको बताए ।