१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम बलसम्म संघर्ष गरेकाले जित सम्भव भयो– गुल्सन झा



अ+ अ-

काठमाडौँ । कर्णाली याक्सका क्रिकेटर गुल्सन झाले ट्वान्टी–२० मा नतिजा के हुन्छ भन्ने आँकलन गर्न नसकिने नभएकाले अन्तिम बलसम्म आफ्नो टोलीले संघर्ष गरेको बताए ।

त्यसैले पनि लुम्बिनी लायन्सविरुद्ध अन्तिम बलसम्म एकअर्कालाई प्रोत्साहित गर्दै जित निकाल्न सक्छौं भन्ने विश्वास रहेको बताए । टी ट्वान्टी खेल जहिल्यै पनि प्रतिस्पर्धात्मक हुने कहिले कहीँ मात्र एकपक्षीय खेल हुने भएकाले पनि आफ्ना सहकर्मीले मेहनत गरेको बताए । उनले स्पिनरलाई मात्र मद्दत मिल्ने पिच भएकाले पनि आफूले बलिङ नगरेको उल्लेख गरे । शुरुका खेलमा हार व्यहोरे पनि टोलीले सधै उच्च आत्मबलका साथ खेलेको गुल्सनको भनाइ छ ।

प्रशिक्षक ज्ञानेन्द्र मल्ल र सोमपालले खेलमा हार भएपनि खेलाडीलाई सम्हादा जित सम्भव भएको उनी बताउँछन् । उनले ब्याटिङ गर्न कसैका लागि पनि सहज नभएको उल्लेख गरे । गुल्सनले आफ्नो उत्कृष्ट प्रदर्शनको पर्खाइ रहेको पनि बताएका छन् । शिखर धवनले ब्याटिङमा सुस्त शुरुवात भएपनि धैर्यतापूर्वक खेल्नुपर्ने सुझाव दिएको गुल्सनको भनाइ छ । धवनले आफ्नो खेल करियरको सुरुआती क्षणका बारे पनि आफूहरूलाई बताएको गुल्सनले उल्लेख गरेका छन् ।

प्लेअफ यात्राबाट बाहिरिसकेको लुम्बिनीका विकास आग्रीले सेट ब्याट्सम्यान आउट भएपछि लयमा रहेको खेल गुमाउनुपरेको बताएका छन् । आजको खेलमा जित निकाल्ने लक्ष्यसहित खेले पनि सम्भव नभएको उनी बताउँछन् । उनले टिममा बलिङ र ब्याटङतर्पm राम्रा खेलाडी भएपनि राम्रो नतिजा आउन नसकेको उल्लेख गरे । उनले लुम्बिनी हारेकाले आफ्नो प्रदर्शनमा सन्तुष्ट नरहेको पनि बताएका छन् । विकासले विदेश खेलाडीबाट प्रशिक्षण शैली र माइन्ड सेटकाबारे सिक्न पाएको बताए ।