५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य बीमा सदस्यता दर्ता सुरु



अ+ अ-

काठमाडौँ । टोखा नगरपालिकामा स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा सोमबारदेखि स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु गरिएको छ । 

यसअघि ‘मेयर दीर्घायु कार्यक्रम’ सुरु गरेको टोखाले स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु गरेको हो । उक्त कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आफ्नो स्वास्थ्य बीमा दर्ता गरी कार्यक्रमको शुभारम्भ गर्नुभयो । सो अवसरमा नगरप्रमुख अधिकारीले नगरवासीलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन सबै नगरवासीलाई आग्रहसमेत गर्नुभयो । टोखाले नगरवासीलाई छिटोछरितो र प्रभावकारी रुपले स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नगरप्रमुख अधिकारीको भनाइ छ ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डङ्गोलले नगरवासीलाई सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले स्वास्थ्य बीमा दर्ता कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । सो कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिलप्रसाद जोशी, विभिन्न वडाका वडाअध्यक्ष एवं जनप्रतिनिधिको सहभागिता रहेको थियो ।