१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य बीमा सदस्यता दर्ता सुरु



अ+ अ-

काठमाडौँ । टोखा नगरपालिकामा स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा सोमबारदेखि स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु गरिएको छ । 

यसअघि ‘मेयर दीर्घायु कार्यक्रम’ सुरु गरेको टोखाले स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु गरेको हो । उक्त कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आफ्नो स्वास्थ्य बीमा दर्ता गरी कार्यक्रमको शुभारम्भ गर्नुभयो । सो अवसरमा नगरप्रमुख अधिकारीले नगरवासीलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन सबै नगरवासीलाई आग्रहसमेत गर्नुभयो । टोखाले नगरवासीलाई छिटोछरितो र प्रभावकारी रुपले स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नगरप्रमुख अधिकारीको भनाइ छ ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डङ्गोलले नगरवासीलाई सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले स्वास्थ्य बीमा दर्ता कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । सो कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिलप्रसाद जोशी, विभिन्न वडाका वडाअध्यक्ष एवं जनप्रतिनिधिको सहभागिता रहेको थियो ।