२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथ अभिनेत्री कीर्ति सुरेशले कोसँग विवाह गरिन् ?



अ+ अ-

एजेन्सी । साउथ अभिनेत्री कीर्ति सुरेश विवाह बन्धनमा बाँधिएकी छन् ।

अभिनेत्रीले आफ्ना लामो समयदेखिका प्रेमी एन्टोनी थाटिलसँग विवाह गरेकी हुन् । उनीहरु दुवैले बिहीबार गोवामा तमिल रितीरिवाज अनुसार विवाह गरेका थिए, जसका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

मिडिया रिपोर्टका अनुसार यो जोडी विगत १५ वर्षदेखि एकअर्कालाई डेट गर्दै थिए ।

को हुन् एन्टोनी ?
एन्टोनी थाटिल एक व्यापारी हुन् जो दुबई र कोची, केरला मा काम गर्दछन् । उनको गृहनगरमा धेरै रिसोर्टहरू पनि छन् । यति मात्र होइन कीर्तिको गृहनगरमा पनि उनका धेरै व्यवसाय छन् ।

कीर्तिले सन् २००० मा बाल कलाकारको रूपमा आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । त्यसपछि २०१३ मा, उनले मलयालम फिल्म ‘गीताञ्जली’ बाट मुख्य अभिनेत्रीको रूपमा डेब्यू गरिन् । यस फिल्मका लागि उनले सिमा अवार्डमा बेस्ट डेब्यु अवार्ड पनि प्राप्त गरिन् ।