९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथ अभिनेत्री कीर्ति सुरेशले कोसँग विवाह गरिन् ?



अ+ अ-

एजेन्सी । साउथ अभिनेत्री कीर्ति सुरेश विवाह बन्धनमा बाँधिएकी छन् ।

अभिनेत्रीले आफ्ना लामो समयदेखिका प्रेमी एन्टोनी थाटिलसँग विवाह गरेकी हुन् । उनीहरु दुवैले बिहीबार गोवामा तमिल रितीरिवाज अनुसार विवाह गरेका थिए, जसका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

मिडिया रिपोर्टका अनुसार यो जोडी विगत १५ वर्षदेखि एकअर्कालाई डेट गर्दै थिए ।

को हुन् एन्टोनी ?
एन्टोनी थाटिल एक व्यापारी हुन् जो दुबई र कोची, केरला मा काम गर्दछन् । उनको गृहनगरमा धेरै रिसोर्टहरू पनि छन् । यति मात्र होइन कीर्तिको गृहनगरमा पनि उनका धेरै व्यवसाय छन् ।

कीर्तिले सन् २००० मा बाल कलाकारको रूपमा आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । त्यसपछि २०१३ मा, उनले मलयालम फिल्म ‘गीताञ्जली’ बाट मुख्य अभिनेत्रीको रूपमा डेब्यू गरिन् । यस फिल्मका लागि उनले सिमा अवार्डमा बेस्ट डेब्यु अवार्ड पनि प्राप्त गरिन् ।