२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा–२’ का अभिनेता अल्लु अर्जुन १४ दिन हिरासतमा रहने



अ+ अ-

एजेन्सी । ‘पुष्पा–२’ को प्रिमियरका क्रममा एक महिलाको मृत्यु भएको आरोपमा हैदराबाद अदालतले अभिनेता अल्लु अर्जुनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको छ ।

अभिनेतालाई आज (शुक्रबार) बिहान १२ बजे उनको घरबाट पक्राउ गरिएको थियो । त्यसपछि उनलाई ४ बजे अदालतमा हाजिर गरिएको थियो ।

अल्लुलाई डिसेम्बर ४ मा हैदरावादको सन्ध्या थिएटरमा जानकारी नदिई गएको आरोप लगाइएको छ । जसका कारण त्यहाँ भीड जम्मा भयो र भागदौड मच्चियो । धेरै मानिस घाइते भए ।

यस घटनापछि अधिकारीहरूले सन्ध्या थिएटरका सञ्चालक, अल्लु अर्जुन र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दर्ता गरेका थिए । यसैबीच, अभिनेताले महिलाको मृत्युको मामिलामा दर्ता भएको एफआईआर खारेज गर्न उच्च अदालतमा अपील गरेका छन् ।

अल्लु अर्जुन र उनको टोलीले महिलाको मृत्युमा शोक व्यक्त गरेका थिए । अभिनेताले मृतक रेवतीका परिवारप्रति समवेदना प्रकट गर्दै उनीहरुलाई भेटेका छन् । अभिनेताले २५ लाख सहयोग गर्ने वाचा पनि गरेका थिए । अर्कोतर्फ महिलाका श्रीमानले मुद्दा फिर्ता लिने इच्छा व्यक्त गरेका छन् ।

स्रोतका अनुसार अल्लु अर्जुनले आफ्नो गिरफ्तारीको शैलीमा आपत्ति जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले बिहानको खाजा खान नदिएको अभिनेताले दाबी गरेका छन् । लुगा फेर्न पनि उनलाई अनुमति नदिएको बताइएको छ ।