एजेन्सी । ‘पुष्पा–२’ को प्रिमियरका क्रममा एक महिलाको मृत्यु भएको आरोपमा हैदराबाद अदालतले अभिनेता अल्लु अर्जुनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको छ ।
अभिनेतालाई आज (शुक्रबार) बिहान १२ बजे उनको घरबाट पक्राउ गरिएको थियो । त्यसपछि उनलाई ४ बजे अदालतमा हाजिर गरिएको थियो ।
अल्लुलाई डिसेम्बर ४ मा हैदरावादको सन्ध्या थिएटरमा जानकारी नदिई गएको आरोप लगाइएको छ । जसका कारण त्यहाँ भीड जम्मा भयो र भागदौड मच्चियो । धेरै मानिस घाइते भए ।
यस घटनापछि अधिकारीहरूले सन्ध्या थिएटरका सञ्चालक, अल्लु अर्जुन र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दर्ता गरेका थिए । यसैबीच, अभिनेताले महिलाको मृत्युको मामिलामा दर्ता भएको एफआईआर खारेज गर्न उच्च अदालतमा अपील गरेका छन् ।
अल्लु अर्जुन र उनको टोलीले महिलाको मृत्युमा शोक व्यक्त गरेका थिए । अभिनेताले मृतक रेवतीका परिवारप्रति समवेदना प्रकट गर्दै उनीहरुलाई भेटेका छन् । अभिनेताले २५ लाख सहयोग गर्ने वाचा पनि गरेका थिए । अर्कोतर्फ महिलाका श्रीमानले मुद्दा फिर्ता लिने इच्छा व्यक्त गरेका छन् ।
स्रोतका अनुसार अल्लु अर्जुनले आफ्नो गिरफ्तारीको शैलीमा आपत्ति जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले बिहानको खाजा खान नदिएको अभिनेताले दाबी गरेका छन् । लुगा फेर्न पनि उनलाई अनुमति नदिएको बताइएको छ ।










