१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप दुई जना कोरोना संक्रमितको मृत्यु



अ+ अ-

मोरङ । विराटनगरका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराट मेडिकल र न्यूरो अस्पतालमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको हो ।  

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार विराट मेडिकल अस्पतालमा उपचाररत इटहरी उपमहानगरपालिका-५ की ६४ वर्षीया महिला र न्यूरो अस्पतालमा उपचाररत पथरीशनिश्चरे नगरपालिका-६ की ९२ वर्षीया वृद्धाको शनिबार मृत्यु भएको हो । 

मृतक दुवै महिलामा श्वासप्रश्वासमा समेत समस्या देखिए बस्नेतले बताए । ६४ बर्षिय महिला असोज १५ गते विराट मेडिकल अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो भने ९२ वर्षीया महिलालाई असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।