काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार ६ सय ७२ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २१०० , ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना रहेका छन् ।
योसहित उपत्यकामा संक्रमितको संख्या ४० हजार ६ सय ६९ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।










