१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड-१९ र आकस्मिक सेवा बाहेकका अन्य सेवा बहिष्कार गर्ने चिकित्सक संघको निर्णय (भिडियो सहित)



अ+ अ-

काठमाडौ । नेपाल चिकित्सक संघले आइतबार (असोज २५ गते) देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक र कोभिड १९ बाहेकका सबै सेवा बहिस्कार गर्ने भएको छ । 

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १९ औं आमरण अनशनमा बस्नु भएका डा. गोविन्द केसीका मागको समर्थन गर्दै देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा कोभिड १९ र आकस्मिक सेवा बाहेकका सबै सेवा बहिष्कार गर्ने संघले बताएको छ ।

संघको शनिबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको संघका महासचिव डा. बद्री रिजालले बताउनुभयो ।

आमरण अनशनमा रहनु भएका डा. केसीको जीवन रक्षाका लागि सरकार गम्भिर नभएकाले आकस्मिक र कोभिड १९ बाहेकका सबै सेवा बन्द गर्न आफुहरु बाध्य भएको पनि उहाँले बताउनुभयो । सरकार गम्भिर पनि नहुने र वार्ता एवं सम्वादलाई औपचारिकतामा मात्रै सिमित गरिएको भन्दै संघले गम्भिर आपत्ति समेत प्रकट गरेको छ ।

आइतबार सम्म पनि सत्याग्रहको अन्त्य गराउने गरी सरकार प्रस्तुत नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने महासचिव रिजालले बताउनुभयो ।

संघले आइतबारका लागि घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई संघका सम्पूर्ण शाखाकार्यालयहरु, नेपाल भरीका सम्पूर्ण स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कार्यान्वयन गर्ने र त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने समेत डा. रिजालले बताउनुभयो ।

डा. केसी आमरण अनशनमा बस्नु भएको आज २७ दिन पुगेको छ ।