२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भरुवा बन्दुक बनाउने आरोपमा मोरङमा एक जना पक्राउ News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी News Polar बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा News Polar रसुवा बाढीले भत्कायो किसानको इकोसिस्टम News Polar कांग्रेस महाधिवेशन : निर्वाचन व्यवस्थापनबारे उम्मेदवारसँग छलफल News Polar घरायसी विवादमा श्रीमतीलाई कुटपिट गरेका श्रीमान् पक्राउ News Polar हुरीले गुल्मीको ठूलोलुम्पेकका ८० टनेलमा क्षति, आठ लाखभन्दा बढीको गोलभेँडा नष्ट News Polar राज्यले ऋण तिर्न ऋण लिँदै, आन्तरिक ऋणको ठूलो हिस्सा साँवा भुक्तानीमै खर्च News Polar बागलुङकाे ताराखोलामा पहिरोमा ज्यान गुमाएका तीन परिवारलाई एक–एक लाख राहत News Polar वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय News Polar ५५ दिनसम्म पनि बजेट नल्याएको भन्दै सुदूरपश्चिम सरकारप्रति कांग्रेसको आपत्ति News Polar राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव हुन्छ : राष्ट्रपति पौडेल News Polar माछापुच्छ्रे बैंकलाई दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार News Polar सुनको मूल्य बढ्यो, चाँदीको घट्यो News Polar विपद्पछि पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन मुख्यमन्त्री थापाको निर्देशन News Polar साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

कार्यकर्ता भेला गरी पार्टी प्रवेश कार्यक्रम

कार्यकर्ता भेला गरी पार्टी प्रवेश कार्यक्रम
अ अ+ अ-

धरान । राजनीतिक दलहरू कार्यकर्ता परिचालन गरी कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा लाग्नुपथ्र्यो। तर, अधिकांश ठूला दलले महामारीका बेला पनि जोखिम बढाउने गरी कार्यकर्ता भेला गरी पार्टी प्रवेश कार्यक्रम, सभा गरिरहेका छन्। यस्ता कार्यक्रममा सहभागी प्रायःले न मास्क लगाउँछन् न त दूरी कायम गर्छन्। कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले महामारीकै बीच नेकपा र राप्रापाका १ हजार ५ सयभन्दा बढी कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको स्वीकार गरे। पार्टीको आसन्न महाधिवेशनका लागि विभिन्न स्थानीय तहमा कार्यक्रम गर्नु परेको कोइरालाको भनाइ छ।

नेकपा सुनसरी अध्यक्ष पप्पु मण्डलले कांग्रेस र जनता समाजवादीका गरी ७ सय जना आफ्नो पार्टीमा प्रवेश गरेको सुनाए। स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई कार्यक्रम गरिएको जिल्ला सचिव रमेश बस्नेतको भनाइ छ। नेपाल चिकित्सक संघ धरानका अध्यक्ष डा. राजु रिजाल दूरी कायम नगरी बढाइएको भीडभाडका कारण कोरोना संक्रमितको संख्या वृद्धि भएको बताउँछन्। सरकारले भीडभाड नियन्त्रण गर्न नसकेका कारण स्थिति भयावह बनेको उनको भनाइ छ।

सुनसरीमा कोरोना समुदायस्तरमै फैलिएको छ। जिल्लाका १२ स्थानीय तहमध्ये धरान र इटहरी उपमहानगरपालिकामा बढी संक्रमित देखा परेका छन्। लकडाउन खुलेपछि कोराना संक्रमण भयावह रूपमा देखा परेको छ। जनप्रतिनिधि नै संक्रमणमा परेपछि धरान उपमहानगरपालिकाले २० वटै वडा कार्यालय बन्द गरेको छ। जिल्लामा कोरोना लागेर २९ जनाको मृत्यु भइसकेको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेल सुनाउँछन्। संक्रमितको संख्या २ हजार ७ सय ६३ पुगेको छ। तीमध्ये १ हजार ४ सय १२ जना निको भएका छन्। सबैले सावधानी अपनाउनुको विकल्प नरहेको पोखरेलको भनाइ छ।

पढेलेखेकै व्यक्तिहरूले लापरबाही गर्दा कोरोना नियन्त्रणमा चुनौती थपिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मेडिसिन विभाग प्रमुख प्रा।डा। सञ्जीवकुमार शर्मा बताउँछन्। सबैले स्वास्थ्य प्रोटोकलअनुसार नियम पालना गरे कोरोना नियन्त्रणमा थप सहज हुने उनको भनाइ छ।चरम लापरबाही गर्नेमा प्रतिष्ठानका चिकित्सक, नेकपा र कांग्रेसका स्थानीय नेता, कार्यकर्ता, जनप्रतिनिधि, पत्रकार, व्यापारीदेखि सर्वसाधारणसम्म छन्। पत्रकार महासंघ सुनसरीका पदाधिकारी र सदस्यले संक्रमितसँग बसेर चिया खाएका र सेल्फी खिचेका फोटा फेसबुकमा पोस्ट् गरेका छन्। कोरोनालाई कमजोर सम्झेर लापरबाही गर्नेहरू नै संक्रमित हुने गरेका छन्।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई १५ दिनअघि कोरोना भाइरसको संक्रमण देखा पर्‍यो। संक्रमित भएपश्चात् उनी घरमै क्वारेन्टाइन बसे पनि कार्यालयको दैनिक कामकाज गरिरहे। उनले कर्मचारी नियुक्तिदेखि सरुवा गरेका पत्र सम्बन्धित व्यक्तिलाई थमाए। त्यसप्रति प्रतिष्ठानकै चिकित्सकले विरोध जनाए। त्यसपछि प्रतिष्ठानका चिकित्सक, नर्स र कर्मचारी संक्रमित भएका छन्। त्यसले प्रतिष्ठानको स्वास्थ्य सेवा नै प्रभावित भएको छ। अन्नपुर्णपोष्ट दैनिक