२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी News Polar बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा News Polar रसुवा बाढीले भत्कायो किसानको इकोसिस्टम News Polar कांग्रेस महाधिवेशन : निर्वाचन व्यवस्थापनबारे उम्मेदवारसँग छलफल News Polar घरायसी विवादमा श्रीमतीलाई कुटपिट गरेका श्रीमान् पक्राउ News Polar हुरीले गुल्मीको ठूलोलुम्पेकका ८० टनेलमा क्षति, आठ लाखभन्दा बढीको गोलभेँडा नष्ट News Polar राज्यले ऋण तिर्न ऋण लिँदै, आन्तरिक ऋणको ठूलो हिस्सा साँवा भुक्तानीमै खर्च News Polar बागलुङकाे ताराखोलामा पहिरोमा ज्यान गुमाएका तीन परिवारलाई एक–एक लाख राहत News Polar वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय News Polar ५५ दिनसम्म पनि बजेट नल्याएको भन्दै सुदूरपश्चिम सरकारप्रति कांग्रेसको आपत्ति News Polar राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव हुन्छ : राष्ट्रपति पौडेल News Polar माछापुच्छ्रे बैंकलाई दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार News Polar सुनको मूल्य बढ्यो, चाँदीको घट्यो News Polar विपद्पछि पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन मुख्यमन्त्री थापाको निर्देशन News Polar साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
फाइल फोटो
अ अ+ अ-

काठमाडाैँ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।

कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाकाअनुसार बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रदेश सचिव रामकृष्ण अधिकारीलाई अर्को व्यवस्था नभएसम्म सामजिक विकास मन्त्रालयको कामसमेत गर्ने गरी जिम्मेवारी तोकेको छ ।
प्रदेश आर्थिक कार्य विधि तथा वित्तीय उत्तरदायी ऐन, २०७८ को दफा ४७ तथा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी निमयमावली, २०७९ को नियम १११ बमोजिम मोरङको प्रमुख जिल्ला अधिकारीको अधिकार क्षेत्रमा बसेको मिनाह सिफारिस समितिले निर्णय गरेर कोशी प्रदेशसभा सचिवालय जेनजी आन्दोलनबाट नष्ट भएका अचल सम्पत्ति मिनाह गर्ने निर्णय भएको प्रवक्ता मन्त्री शेर्पाले बताउनुभयो ।
उहाँका अनुसार कोशी प्रदेशमा अपाङ्गता भएका व्यक्तिका अधिकारसम्बन्धी विधेयक तर्जुमा सिद्धान्त स्वीकृत गर्ने र कोशी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत निकायका आव २०८३/८३ को अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
—