२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी News Polar बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा News Polar रसुवा बाढीले भत्कायो किसानको इकोसिस्टम News Polar कांग्रेस महाधिवेशन : निर्वाचन व्यवस्थापनबारे उम्मेदवारसँग छलफल News Polar घरायसी विवादमा श्रीमतीलाई कुटपिट गरेका श्रीमान् पक्राउ News Polar हुरीले गुल्मीको ठूलोलुम्पेकका ८० टनेलमा क्षति, आठ लाखभन्दा बढीको गोलभेँडा नष्ट News Polar राज्यले ऋण तिर्न ऋण लिँदै, आन्तरिक ऋणको ठूलो हिस्सा साँवा भुक्तानीमै खर्च News Polar बागलुङकाे ताराखोलामा पहिरोमा ज्यान गुमाएका तीन परिवारलाई एक–एक लाख राहत News Polar वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय News Polar ५५ दिनसम्म पनि बजेट नल्याएको भन्दै सुदूरपश्चिम सरकारप्रति कांग्रेसको आपत्ति News Polar राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव हुन्छ : राष्ट्रपति पौडेल News Polar माछापुच्छ्रे बैंकलाई दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार News Polar सुनको मूल्य बढ्यो, चाँदीको घट्यो News Polar विपद्पछि पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन मुख्यमन्त्री थापाको निर्देशन News Polar साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

हुरीले गुल्मीको ठूलोलुम्पेकका ८० टनेलमा क्षति, आठ लाखभन्दा बढीको गोलभेँडा नष्ट

हुरीले गुल्मीको ठूलोलुम्पेकका ८० टनेलमा क्षति, आठ लाखभन्दा बढीको गोलभेँडा नष्ट
अ अ+ अ-

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले व्यावसायिक तरकारी खेतीमा क्षति पुर्‍याएको छ । हुरीले करिब चार सयमध्ये ८० वटा टनेलमा क्षति पुर्‍याउँदा गोलभेँडालगायतका तरकारीमा ठूलो नोक्सानी भएको हो ।

सत्यवती गाउँपालिका–३ का वडाध्यक्ष जितबहादुर त्रामु मगरका अनुसार हुरीले टनेलको प्लास्टिक च्यातिएपछि त्यसभित्र लगाइएको गोलभेँडा तथा अन्य तरकारीमा क्षति पुगेको हो । टनेलमा किसानले गोलभेँडासँगै बन्दा, काउली, सिमी, काँक्रा, सिमलामिर्च र तिते करेलालगायतका तरकारी उत्पादन गर्दै आएका छन् ।

किसानका अनुसार एउटा टनेलबाट चारदेखि पाँच क्विन्टलसम्म गोलभेँडा उत्पादन हुने गरेको छ । टनेलको प्लास्टिक च्यातिँदा उत्पादनमा प्रत्यक्ष असर परेको छ । ठूलोलुम्पेक क्षेत्रमा अन्य तरकारीको तुलनामा गोलभेँडा उत्पादन बढी हुने गरेको छ ।

हुरीका कारण रु आठ लाखभन्दा बढी मूल्य बराबरको गोलभेँडामा क्षति पुगेको वडाध्यक्ष मगरले बताउनुभयो । स्थानीय बजारमा गोलभेँडा प्रतिकिलो रु ५० देखि ६० सम्म र थोकमा रु ३५ देखि ४० सम्म बिक्री हुँदै आएको छ । माग उच्च भए पनि पछिल्लो समय मागअनुसार उत्पादन गर्न नसकिएको उहाँले बताउनुभयो ।

ठूलोलुम्पेकमा इन्द्र विश्वकर्मा, लिलस राहडी, हेमराज थापा, मोतीप्रसाद श्रीस र चेतमान राहडीलगायत किसानले व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका छन् । उत्पादित तरकारी स्थानीय बजारका साथै बुटवलसम्म बिक्रीका लागि पठाउने गरिएको छ ।

वर्षाका कारण सडक अवरुद्ध हुँदा किसानलाई तरकारी बजारसम्म पुर्‍याउन थप समस्या भएको छ । अहिले किसानले करिब एक घण्टा लामो वैकल्पिक सडक प्रयोग गरी तरकारी सङ्कलन केन्द्रसम्म पुर्‍याउनुपर्ने बाध्यता रहेको वडाध्यक्ष मगरले बताउनुभयो ।

किसानलाई बजारको समस्या हुन नदिन सत्यवती गाउँपालिकाले बुटवलस्थित कृषि उपज तथा तरकारी थोक बिक्री केन्द्रमा सटर भाडामा लिएर तरकारी बिक्रीको व्यवस्था मिलाउँदै आएको छ । गाउँपालिकाले तीन वर्षदेखि सटरको भाडा व्यहोर्दै आएको गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताउनुभयो ।

तरकारी उत्पादनमा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले उत्पादनमा आधारित अनुदानसमेत दिँदै आएको छ । अध्यक्ष पाण्डेका अनुसार किसानलाई प्रतिकिलो रु दुई र उत्पादित तरकारी व्यवस्थापन गर्ने समूहलाई प्रतिक्विन्टल रु २० प्रोत्साहन रकम उपलब्ध गराउने गरिएको छ ।