२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भरुवा बन्दुक बनाउने आरोपमा मोरङमा एक जना पक्राउ News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी News Polar बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा News Polar रसुवा बाढीले भत्कायो किसानको इकोसिस्टम News Polar कांग्रेस महाधिवेशन : निर्वाचन व्यवस्थापनबारे उम्मेदवारसँग छलफल News Polar घरायसी विवादमा श्रीमतीलाई कुटपिट गरेका श्रीमान् पक्राउ News Polar हुरीले गुल्मीको ठूलोलुम्पेकका ८० टनेलमा क्षति, आठ लाखभन्दा बढीको गोलभेँडा नष्ट News Polar राज्यले ऋण तिर्न ऋण लिँदै, आन्तरिक ऋणको ठूलो हिस्सा साँवा भुक्तानीमै खर्च News Polar बागलुङकाे ताराखोलामा पहिरोमा ज्यान गुमाएका तीन परिवारलाई एक–एक लाख राहत News Polar वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय News Polar ५५ दिनसम्म पनि बजेट नल्याएको भन्दै सुदूरपश्चिम सरकारप्रति कांग्रेसको आपत्ति News Polar राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव हुन्छ : राष्ट्रपति पौडेल News Polar माछापुच्छ्रे बैंकलाई दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार News Polar सुनको मूल्य बढ्यो, चाँदीको घट्यो News Polar विपद्पछि पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन मुख्यमन्त्री थापाको निर्देशन News Polar साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

चिकित्सक संघले आन्दोलन फिर्ता लियो

चिकित्सक संघले आन्दोलन फिर्ता लियो
अ अ+ अ-

काठमाडौँ । नेपाल चिकित्सक स‌ंघले गर्ने भनेको सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ । डा. गोविन्द केसीको माग पूरा गर्नबाट पछाडि हटेको भन्दै संघले शनिबार थप आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

तर शनिबार राति डा. केसी र सरकारबीच ८ बुँदे सहमति भएपछि चिकित्सक संघले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको महासचिव डा. बद्री रिजालले बताएका छन् । रिजालले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक स‌ंघद्वारा घोषित आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको बताएका हुन् । चिकित्सा शिक्षा र सेवा सुधारका लागि २७ दिनदेखि आमरण अनशनरत डा। गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा सहमति भएको थियो। त्रिवि शिक्षण अस्पतालमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

डा. केसीले आइतबार बिहान साढे ९ बजेतिर अनशन तोड्ने बताइएको छ । उनले ६ बुँदे माग राखेर जुम्लामा भदौ २९ गते अनशन थालेका थिए ।

यसैगरि त्रिवि शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिषठान, न्याम्स र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरूले पनि डा। केसी र सरकारबीच सहमति भएको भन्दै आकस्मिक र कोभिड बाहेकका सम्पूर्ण सेवा बहिष्कार लगायतका सबै कार्यक्रमहरू फिर्ता लिएको संयुक्त विज्ञप्तिमार्फत् जनाएका छन् ।