१० माघ २०८१, बिहीबार
,
Latest
कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ बाइस्कोप सिनेमाको ब्यानरमा पहिलो फिल्म ‘परान’ निर्माण हुने वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ बैंकहरू समस्यामा छैनन्, अफवाह धेरै फैलियो : गभर्नर अधिकारी सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा-प्रतिष्ठानको विधेयक पारित असनमा आगलागीबाट रु ३५ लाखको क्षति पूर्व विभागीय प्रमुख मल्लको बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०२५ मा एक वफादार र मायालु पार्टनर चाहन्छिन् सामन्था !



अ+ अ-

एजेन्सी । साउथ अभिनेत्री सामन्था रुथ प्रभुका पूर्व पति नागा चैतन्यले शोभिता धुलिपालासँग दोस्रो विवाह गरेका छन् ।

दुवैले डिसेम्बर ४ मा हैदराबादको अन्नपूर्ण स्टुडियोमा विवाह गरेका थिए ।

यसैबीच सामन्थाले सामाजिक सञ्जालमा एउटा क्रिप्टिक पोस्ट सेयर गरेकी छिन् । अभिनेत्रीको यो पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

सामन्थाले सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा रहस्यमय पोस्ट सेयर गरेकी छिन् । अभिनेत्रीले आफ्नो इन्स्टा स्टोरीमा आगामी वर्ष २०२५ को लागि वृष, कन्या र मकर राशिका लागि भविष्यवाणी गरेको पोस्ट साझा गरेकी छिन् ।

अभिनेत्रीको पोष्टका अनुसार २०२५ मा यी राशि भएका व्यक्तिहरूको जीवनमा धेरै कुरा हुन सक्छ । यो वर्ष उनीहरूका लागि व्यस्त रहनेछ र उनीहरूले यसमा धेरै पैसा कमाउनेछन् । साथै पोस्टको चौथो लाइनमा वफादार र माया गर्ने पार्टनर पाउने र धेरै ठूला लक्ष्यहरू पूरा हुने लेखिएको छ । पोस्ट सेयर गर्दै अभिनेत्रीले लेखिन्–आमेन ।

सामन्था रुथ प्रभुले नागा चैतन्यसँग ६ अक्टोबर २०१७ मा गोवामा पहिले हिन्दू र त्यसपछि ७ अक्टोबरमा इसाई परम्परा अनुसार विवाह गरिन् । विवाहपछि सामन्थाले आफ्नो नाम अक्किनेनी राखेकी थिइन् ।

तर, बिछोडको खबरका बीच सामन्थाले आफ्नो ट्वीटर ह्यान्डलबाट अक्किनेनीलाई हटाएर सामन्था रुथ प्रभु बनाएकी थिइन् । अक्टोबर ६, २०२१ मा दुवैको वैवाहिक जीवनको चार वर्ष पूरा हुन लागेको थियो तर त्यसअघि नै दुवैको सम्बन्धविच्छेद भयो ।