९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा–२’ को विश्वभरको कमाइ १ हजार करोड, ६ दिनमा यति धेरै कमाउने पहिलो भारतीय फिल्म



अ+ अ-

एजेन्सी । अल्लु अर्जुन र रश्मिका मन्दना स्टारर फिल्म ‘पुष्पा–२’ ले ६ दिनमै १ हजार २ करोड कमाएको छ । योसँगै छोटो समयमा १००० करोड क्लबमा सामेल हुने पहिलो भारतीय फिल्म बनेको छ ।

व्यापार विज्ञ तरण आदर्शका अनुसार पुष्पा २ ले मंगलबारसम्म हिन्दी संस्करणबाट ३ सय ७५ करोड रुपैयाँ कमाएको छ । शुक्रबारसम्म यो फिल्म ५०० करोड क्लबमा सामेल हुन सक्छ ।

चलचित्र ‘पुष्पा–२’ ले ओपनिङ डे कलेक्सनको कुरा गर्दा विश्वभर २९४ करोड कमाएको थियो । जसमा भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन १७५.१ करोड थियो । पुष्पा–२ ले हिन्दी संस्करणमा ७२ करोड कमाएको थियो । योसँगै फिल्मले एसएस राजामौलीको फिल्म आरआरआरको रेकर्ड पनि तोडेको छ ।

‘पुष्पा–२’ ले रिलिज भएको ३ दिनमै हिन्दी बेल्टमा २०५ करोड कमाएर शाहरुखको ‘जवान’को कीर्तिमान तोडेको छ । जवानले तीन दिनमा १८० करोड कमाएर कीर्तिमान बनाएको थियो ।

‘पुष्पा–२’ तमिल, तेलुगु, मलयालम, कन्नड र हिन्दी गरी ५ भाषामा रिलिज भएको छ । फिल्ममा अल्लु अर्जुन फेरि पुष्पाराजको भूमिकामा देखिएका छन् । रश्मिका मन्दना पनि श्रीवल्लीको अवतारमा देखिएकी छिन् । यस्तै फहाद फासिल प्रहरी भनवर सिंह शेखावतको भूमिकामा छन् ।

फिल्मको लेखन र निर्देशन सुकुमारले नै गरेका छन् ।