४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

यी हुन् कोरोना भाइरसबाट उच्च सङ्क्रमण रहेको दश देश

यी हुन् कोरोना भाइरसबाट उच्च सङ्क्रमण रहेको दश देश
अ+ अ-

काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७९ लाख  ४५ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय आइतबार जानकारी दिएको छ ।

पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १८ हजार नाघेको छ ।

कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ७० लाख ५३ हजार भन्दा बढी सङ्क्रमित भएका र यस सङ्क्रमणबाट एक लाख ८ हजार ३७१ जनाको मृत्यु भईसकेको छ । 

कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख ९१ हजार नाघेको छ । सङ्क्रमणको कारण एक लाख ५० हजार भन्दा बढीको मृत्यु भएको छ । 

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ८५ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार  ४५४ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।
 
कोलम्बियामा ९ लाख २ हजार ७४७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार ६६० जनाको मृत्यु भएको छ । स्पेनमा ८ लाख ९० हजार ३६७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भन ३२ हजार ९२९ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ८ लाख ८३ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २३ हजार ५८१ जनाको मृत्यु भएको छ । पेरुमा ८ लाख ४६ हजार ८८ मा व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३३ हजार २२३ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ८ लाख १४ हजार ३२८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ८३ हजार ६४२ जनाको मृत्यु भएको छ ।फ्रान्समा ७ लाख १८ हजार ८७३ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३२ हजार ६३७ जनाको मृत्यु भएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ७७ हजार ६३० जना पुगेको छ ।  यस भाइरसबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ७४ लाख ७८ हजार पुगेको छ  । कूल सङ्क्रमितमध्ये दुई करोड ८१ लाख १८ हजार भन्दा बढी हजार निको छन् भने करिब ८२ लाख ८२ हजार मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६८ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।