सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपा कै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । आइतबार मुख्यमन्त्री शाहीविरुद्ध नेकपाका साँसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई नेकपाका १८ जना सांसदहरुले हस्ताक्षर बुझाए लगाएतै टोलीले आइतबार दिउँसो नै प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएका हुन् ।
अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाह, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र पूर्वमन्त्री यमलाल कँडेल लगायत रहेका छन् ।










