२७ मंसिर २०८१, बिहीबार
,
Latest
वीरगञ्जबाट डिजेल आयात घट्यो अर्थतन्त्र लयमा फर्कँदै छ, यही कार्यकालमा देशले समृद्धितर्फ फड्को मार्नेछः अर्थमन्त्री पौडेल (अन्तरवार्ता) वायु प्रदुषणबाट हुने स्वास्थ्य जोखिमबाट बच्न घरभित्रै बस्न बंगलादेशको आग्रह पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यकः बोर्ड अध्यक्ष श्रेष्ठ विराटनगरले दियो पोखरालाई १४० रनको लक्ष्य रवि लामिछानेलाई अदालत उपस्थित गराइयो कमलादीको कलभर्ट निर्माण पूरा, सहज बन्यो यातायात हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया ‘नेपाली र्‍यापको चर्चा अन्तर्राष्ट्रियस्तरसम्म छ’ जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर र पोखरा तथा जनकपुर र काठमाडौं भिड्ने



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदै छन् । आज विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा जनकपुर बोल्ट र काठमाडौं गुर्खाज भिड्ने भएका हुन् ।

पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ । आजको खेलमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यमा छन् ।

जारी लिगमा विराटनगर र पोखराले अहिलेसम्म समान चार–चार खेल खेलेका छन् जसमा दुवैले एकमा जित र एकमा हार बेहोरेका छन् ।

विराटनगर जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्ससँग पराजित भएको थियो भने लुम्बिनी लायन्समाथि जित निकालेको थियो ।

यस्तै, पोखराले चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्ससँग हार बेहोरेको थियो भने लुम्बिनी लायन्सलाई हराएको थियो ।