१४ श्रावण २०८३, बिहीबार
,
Latest
सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानून निर्माण गर्न सरकारसँग माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा फोटो प्रदर्शनी



अ+ अ-

चीन, बेन्जाओ : राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले चीनमा फोटो प्रर्दशनी आयोजना गरेको छ। चीनको विन्जाओ फोटोग्राफर एसोसीयसन ,चिनिया पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल चीन मैत्री संघको सहकार्यमा हिमशृंखलामाथिको उडानले भरिएको नेपाल ( सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनीमा आयोजना गरीएको हो ।

उक्त फोटो प्रदर्शनीमा नेपालका विभिन्न मिडियामा काम गरिरहेका फोटोपत्रकारले खिचेका मनमोहक पर्यटनक्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिव १०० तस्वीरहरु सान्तोङ प्रान्तका विभिन्न शहरहरूमा एक महिनासम्म प्रर्दशनीमा राखिने छ ।

सो प्रदर्शनीका लागि राष्ट्रिय फोटो पत्रकार सम«ूह (एनएफपिजे नेपाल)का केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा १४ सदस्यीय टोली उक्त प्रर्दशनीका लागि चीनको सान्तोङ प्रान्त आइपुगेको हो ।

उक्त कार्यक्रम सान्तोङ प्रोभिन्सका पूर्व उप प्रचारमन्त्री ह्वाङ्जी चुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)र विन्जाओ फोटोग्राफर एसोसीयसनबीच सांस्कृतिक तथा ब्यवसायीक फोटोग्राफी सहकार्य गर्ने सम्झौता आदनप्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै विन्जाओका परराष्ट्रमामिला निर्देशक पाइमिइले फोटोग्राफी मार्फत नेपाल चीनको मैत्री सम्बन्ध बलियो बनाउनुका साथै चीनको वान बेल्ट वान रोडको अवधारणालाई पनि सहयोग पुग्ने बताउनु भयो ।

एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्त्वपूर्ण सान्तोङ प्रान्तमा नेपालको मनमोहक फोटोहरू प्रदर्शनी गर्न पाउँदा खुसी लागेको बताउँदै फोटो प्रदर्शनीका माध्यमबाट दुई देशबिचको सम्बन्ध थप सुमधुर बन्नुका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।