८ श्रावण २०८३, शुक्रबार
,
Latest
भाइरल भिडियोबारे बब्लु गुप्ताको स्पष्टीकरण, ‘गल्ती भएको भए क्षमा चाहन्छु’ सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड



अ+ अ-

तेह्रथुम, २६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने जोड दिनुभएको छ ।

आफूले आधारभूत शिक्षा लिएको तेह्रथुमको आठराईस्थित प्रणाली माध्यमिक विद्यालयका नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा उक्त विद्यालयको गत वर्षको नतिजा कमजोर भएको सुन्दा खिन्नता व्यक्त गर्दै विद्यार्थी पास भएनन् भने अभिभावकको लगानी र विद्यार्थीको मेहनत खेर जाने बताउनुभयो ।

“एसइईमा विद्यार्थी पास भएनन् भने उनीहरुको भविष्य समाप्त हुन्छ । एसइईभन्दा माथि जान नसक्दा उनीहरुमा निराशा उत्पन्न हुन्छ । विद्यार्थी फेल हुनु एक प्रकारको अपराध हो ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “शिक्षकहरुमा ज्ञान सम्प्रेषणको कला विकास हुनुपर्छ । विद्यार्थीहरुले मेहनत गर्नुपर्छ । पढाइमा सफल हुने विद्यार्थीले विकास र समृद्धिमा योगदान दिन सक्नेछन् । म सबै विद्यार्थी भाइबहिनीहरु र शिक्षकलाई यस गम्भीरता बुझेर मेहनत गर्न आग्रह गर्दछु ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले बाल्यकालमा पढेका र खेलेका दिनहरुको पनि स्मरण गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले विद्यालय भवन निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाली संस्था युङ होङ गिल फाउण्डेसन र यसमा सघाउने सम्बन्धित पक्षलाई धन्यवादसमेत दिनुभयो ।