१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । आज २ हजार ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन । १२ हजार ४ सय २७ पीसीआर परीक्षणमा ७ सय २ जना महिला र १ हजार ३ सय ६९ जना पुरुषमा संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । उपत्यकामा १ हजार ४ सय १६ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौंमा १ हजार १ सय ४५, भक्तपुरमा १ सय १० र ललितपुरमा १ सय ६१ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ९९, प्रदेश नम्बर २ मा ६ सय २०, बागमती प्रदेशमा ९ हजार ३ सय ८ र गण्डकी प्रदेशमा ६ सय २५ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १ हजार १ सय ६९, कर्णाली प्रदेशमा ४ सय ७५ र सुदूरपश्चिम प्रदेशमा १ सय ५३ गरी देशभरी १३ हजार ६ सय ४९ जना संस्थागत आइसोलेसनमा रहेका छ ।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ हजार १ सय ८७, प्रदेश नम्बर २ मा ५ सय ३४, बागमती प्रदेशमा ११ हजार ५ सय २१ र गण्डकी प्रदेशमा ५ सय ८० जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ८ सय ४७, कर्णाली प्रदेशमा ४ सय २६ र सुदूरपश्चिम प्रदेशमा ५ सय ७१ जना गरी देशभरी १७ हजार ६ सय ६६ जना संक्रमित होम आइसोलेसनमा रहेका छन ।
आज क्वारेन्टिनमा ३ सय २९ र भेन्टिलेटरमा ७६ जना संक्रमित उपचाररत रहेका छन ।

आज १ हजार ५ सय ५२ जना संक्रमित मुक्त भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ६ सय १८, प्रदेश नम्बर २ मा १४ हजार ९ सय ८३, बागमती प्रदेशमा २८ हजार ३ सय ७ र गण्डकी प्रदेशमा ४ हजार १ सय १९ जना डिस्चार्ज भएका छन । यस्तै लुम्बिनी प्रदेशमा १० हजार ७ सय २४, कर्णाली प्रदेशमा ३ हजार ४ सय ४३ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ५ सय ३२ गरी देशभरी ७५ हजार ८ सय ४ जना रहेका छन ।