३ पुष २०८१, बुधबार
,
Latest
६८ लाख नगद सहित हुण्डी कारोबारमा संलग्नहरू प्रहरी नियन्त्रणमा किन वैदेशिक रोजगार बचतपत्र बिक्री भएन ? कहाँ छ समस्या ? परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान किशोरीका लागि चार लाख ६० हजार खोप नेपाल आइपुग्यो स्मृतिमा नातिकाजी: गाउँदा, लेख्ता र सङ्गीत भर्दा नेपाली मुटुको धुकधुकीको अनुभूति आर्थिक कुटनीतिलाई उच्च प्राथमिकतामा राख्न चेम्बरको आग्रह श्रमिकको स्वास्थ्य परीक्षण सुधारका लागि सरकारको सक्रियता विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह निजामति सेवा ऐन कसैको प्रभाव र दबाबमा नपरी पास हुनुपर्छः सांसदहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच दिन लगातार घटेको नेप्से आज उच्च अङ्कले बढ्यो



अ+ अ-

काठमाडौँ । पछिल्लो पाँच कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ८८ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ७१ प्रतिशतको वृद्धि हो ।

परिसूचक बढेपनि कारोबार रकम भने रु पाँच अर्बमा खुम्चिएको छ । आज तीन सय आठ कम्पनीको एक करोड १३ लाख ८६ हजार आठ सय ५४ कित्ता शेयर ५६ हजार तीन सय ५० पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब पाँच करोड छ लाख ५४ हजार चार सय ५० बराबरको कारोबार भएको छ ।

सबै समूहको उपसूचक बढ्दा म्युचुअल फण्ड उपसमूह भने शून्य दशमलव ३४ प्रतिशतले घटेको छ । आज बैंकिङ समूह सबैभन्दा बढी तीन दशमलव ४३ प्रतिशतले बढेको छ । विकास बैंक एक दशमलव ६३, वित्त एक दशमलव ८३, होटल तथा पर्यटन एक दशमलव शून्य पाँच, जलविद्युत् एक दशमलव ९६ र लगानी समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छ ।

जीवन बिमा समूह एक दशमलव शून्य सात, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६०, लघुवित्त शून्य दशमलव ४२, निर्जीवन बिमा एक दशमलव शून्य तीन, व्यापार एक दशमलव ५६ र अन्य समूह शून्य दशमलव ५७ प्रतिशतले बढेको हो ।

न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९७ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशत रहेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेडको रू ३६ करोड १५ लाख दुई हजार चार सय ४३ बराबरको शेयर किनबेच भएको छ ।