२१ मंसिर २०८२, आईतवार
,
Latest
एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलमा आज दुई शीर्ष टिम जनकपुर र सुदूरपश्चिम भिड्दै



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पहिलो खेलमा जनकपुर बोट्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन् ।

दुबै टोली प्रतियोगिताका उपाधि दावेदार हुन् । टियु क्रिकेट मैदानमा यो खेल बिहान ९ बजे हुनेछ । लिग तालिकाको शीर्ष २ स्थानमा रहेका जनकपुर र सुदुरपश्चिम बीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

मधेश प्रदेशको टोली जनकपुर जारी प्रतियोगितामा अपराजित छ । आजको खेल जिते जनकपुर प्लअफका लागि छनोट हुनेछ उसले लिग चरणमा बिराटनगर, कर्णाली, पोखरा र लुम्बिनीलाई पराजित गरिसकेको छ । आफ्नो अन्तिम खेलमा लुम्बिनीविरुद्ध १ रनको रोमाञ्चक जित हात पारेको जनकपुर लगातार पाँचौं जितको खोजिमा हुनेछ ।

लगतार ३ जितपछि आफ्नो अघिल्लो खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको थियो । सुदरपश्चिम पुरारागमन जितको खोजीमा हुनेछ । आजको खेल जिते सुदूरपश्चिमले अन्तिम ४ मा पुग्ने सम्भावनालाई बलियो बनाउने छ ।

जारी प्रतियोगितका तेस्रो शीर्ष रनकर्ता लाहिरु मिलन्था र कप्तान अनिस साहको सानदार ब्याटिङमा विपक्षीविरुद्ध हावी हुँदै आएको जनकपुरमा हर्ष ठाकरले अलराउण्ड प्रदर्शन गरिरेहका छन् । ललित राजवंशी सवार्धिक विकेट लिने खेलाडीको तेस्रो स्थानमा छन् । हर्ष र ललितको नाममा समान ८–८ विकेट छ । हर्ष यो सूचीमा चौथो स्थानमा छन् ।

४ मध्य ४ खेल जित्दै ८ अंक जोडेको जनकपुर लिगको शीर्ष स्थानमा छ । समान खेलमा ३ जित र हार बेहोरेको सुदूरपश्चिम दोस्रो स्थानमा छ ।