• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन

आइपिएल : मुम्बई अंक तालिकामा एक नम्बरमा उक्लियो, दिल्ली पाँच विकेटले पराजित



अबुधाबीः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आइतबारको दोस्रो खेलमा मुम्बई इन्डियन्सले यस सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएको दिल्ली क्यापिटल्सलाई पाँच विकेटले पराजित गरेको छ ।

यो जितसँगै मुम्बई अंक तालिकामा १० अंक सहित शीर्ष स्थानमा उक्लेको छ । समान १० अंक रहेको दिल्ली रनरेटका आधारमा दोस्रो स्थानमा झरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीले ठूलो स्कोर खडा गर्न सकेन । दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६२ रन मात्र बनाएको थियो । दिल्लीका लागि शिखर धवनले ६९, कप्तान श्रेयस ऐयरले ४२ रन बनाए पनि टिमले मध्यम स्कोरको मात्र चुनौती प्रस्तुत गरेको थियो ।

मुम्बईका बलरहरु जसप्रित बुम्राह, क्रुनाल पाण्ड्या समेतले कसिलो बलिङ गर्नुका साथै राम्रो क्षेत्ररक्षण गरेका थिए । 

केही सुस्त देखिएको पिचमा दिल्लीले प्रस्तुत गरेको चुनौती प्राप्त गर्न मुम्बईलाई कठिन हुने अनुमान गरिएको थियो । तर मुम्बईका ब्याट्सम्यानले सुझबुझ देखाउँदै निर्धारित १६३ को लक्ष्य १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।

मुम्बईका लागि क्वीन्टन डी ककले ५३, सूर्य कुमार यादवले ५३, इसन किसनले २८ रन बनाएका थिए ।

दिल्लीका लागि कागिसो राबाडाले २८ रन दिएर २ विकेट लिए पनि टिमलाई जिताउन पर्याप्त भएन ।  
 
पछिल्लो अंक तालिका

मुम्बई इन्डियन्स – १०

दिल्ली क्यापिटल्स – १०

कोलकाता नाइट राइडर्स – ८

रोयल च्यालेन्जर्स बैंगलोर – ८

सनराइजर्स हैदराबाद – ६

राजस्थान रोयल्स – ६

चेन्नाई सुपर किंग्स – ४

किंग्स इलेभेन पञ्जाब – २

एजेन्सी