काठमाडाैंः कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दल कर्णालीका नेता महेन्द्रबहादुर शाही विरुद्ध सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
शाहीलाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार पार्टीका १८ जना सांसदहरुले हस्ताक्षर गरी संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहसमक्ष बुझाएका छन् ।
अविश्वासको प्रस्तावमा कर्णाली प्रदेशका प्रदेश सभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सभाका उपसभामुख पुष्पा घर्तीमगर छन् । अन्य सदस्यहरू निम्न छन् ।
चन्द्र बहादुर शाही,
करबिर शाही,
कुर्मराज शाही,
अम्मरबहादुर थापा,
सुशीलकुमार थापा,
मिना सिंङ रखाल,
दानसिंह परियार,
पदमबहादुर रोकाया,
पदमा खड्का,
कौशिलावती खत्री,
राजु नेपाली,
धर्मराज रेग्मी,
खडकबहादुर खत्री,
ठम्मर बहादुर विष्ट,
बदमीक्वारी बोहोरा,
देवी ओली
अविश्वासको प्रस्ताव दर्ता गराएपछि सांसद यमलाल कँडेलले पत्रकारहरुसँग कुरा गर्दै संसदीय दलको नेतामा शाही निर्वाचित भएपछि पार्टी र सरकारको कामकारबाही फितलो भएकोले अविश्वासको प्रस्ताव दर्ता गर्नुपरेको बताउनुभयो ।
हस्ताक्षर गर्नेमा पूर्व एमालेका १५ जना र पूर्व माओवादीका ३ जना सांसद रहेका छन् ।
कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसदहरु रहेका छन् ।










