४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडिल अर्डरमा राम्रो हुन सकेन– दिनेश खरेल



अ+ अ-

काठमाडौँ । पोखरा एभेन्जर्सका ब्याटर दिनेश खरेलले मिडल अर्डरमा राम्रो हुन नसक्दा १७० रनको लक्ष्य राखे पनि सफल हुन नसकेको बताएका छन् ।

कर्णाली याक्ससँग पराजित भएपछि पोखराका ब्याटर दिनेशले राम्रा शुरुवातका बाबजुद मिडल अर्डरमा पाथ पाउन नसक्दा योजना गरिएको लक्ष्य पूरा नभएको बताएका हुन् ।

आन्द्रियस गौस र आफूले राम्रो दिलाए पनि त्यसलाई निरन्तरता दिन नसकिएको उनले उल्लेख गरे । ससानो पक्षमा ध्यान दिएर खेल्ने हो आगामी खेलमा जित सम्भव रहेको उनी बताउँछन् ।

न्युजिल्याण्डमा क्रिकेट खेल्दै आएका दिनेशले त्यहाँका नेपाली अग्रज क्रिकेटरहरूकै आग्रहमा एनपिएल खेल्न आएको बताए ।

उनले आफ्नो लागि नेपालको पिचमा खेल्न सहज नभएको बताउँछन् । अवसर पाउँदा नेपालबाट खेल्ने चाहना रहेको दिनेश बताउँछन् । उनले केही दिन अगाडि नै नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईसँग कुराकारी भएको खुलसा गरे । साथै उनले नेपाली क्रिकेटमा धेरै क्षमतवान खेलाडी रहेको बताएका छन् ।