१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन? सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकको मानवअधिकार रक्षामा प्रतिबद्ध छौँः गृहमन्त्री लेखक



अ+ अ-

भेरीगङ्गा । गृहमन्त्री रमेश लेखकले सरकार सबै नागरिकको मानवअधिकार रक्षाको लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।

कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन सुर्खेत आउनुभएका गृहमन्त्री लेखकले सबै नागरिकको मानवअधिकारप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।

पूर्वगृहमन्त्री रवि लामिछानेमाथि कुनै मानवअधिकारको कार्य प्रहरीबाट नभएको उल्लेख गर्दै मन्त्री लेखकले लामिछानेकै सुरक्षाको लागि राति अड्डासार गरिएको दाबी गर्नुभयो ।

“हामी सबै नागरिकको मानवअधिकारप्रति प्रतिबद्ध छौँ,” मन्त्री लेखकले भन्नुभयो, “कसैको मानवअधिकार हनन भएको छैन र हुँदैन, जहाँसम्म रवि लामिछानेको कुरा छ । उहाँकै सुरक्षाको लागि राति नै चितवनबाट पोखरा लगिएको हो, यसमा कहाँ मानवअधिकार हनन हुन्छ ?”

लाखौँ सर्वसाधारण जनताको रकम दुरूपयोग भएको सन्दर्भमा अनुसन्धान भइरहेको उल्लेख गर्दै मन्त्री लेखकले भीड जम्मा गरेर अनुसन्धान प्रभावित गर्ने काम भएको बताउनुभयो ।

“अनुसन्धान भइरहेको विषयमा कहिले प्रहरी कार्यालय घेरेको छ, कहिले सरकारी वकिल कार्यालय घेरेको छ, कहिले अदालत घेरेको छ, अनि यो भीडले हो न्याय निरूपण गर्ने रु”, गृहमन्त्री लेखकले प्रश्न गर्नुभयो । रवि लामिछाने मात्रै नभएर सहरकारी अपचलनमा धेरै व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको भन्दै यसको निर्क्योल अदालतले गर्ने उहाँले बताउनुभयो ।

मन्त्री लेखकले सडकमा भीड जम्मा नगर्न र अदालतको कामलाई प्रभावित नगर्न सुझावसमेत दिनुभयो । उहाँले भन्नुभयो, “न्याय दिने अदालतले होला नि !, भीडले न्याय दिन्छ र ?”

पत्रकारको प्रश्नमा जवाफ दिँदै उहाँले अहिलेको सरकार आगामी निर्वाचनसम्म रहने भन्दै यसमा आशङ्का गर्नुपर्ने कुनै कारण नरहेको स्पष्ट पार्नुभयो ।