४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

‘पुष्पा २’ले आइतबार हिन्दी संस्करणमा बनायो कीर्तिमानः एकै दिन ८६ करोड कमायो

‘पुष्पा २’ले आइतबार हिन्दी संस्करणमा बनायो कीर्तिमानः एकै दिन ८६ करोड कमायो
अ+ अ-

एजेन्सी । अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा–२’ ले कमाईका हिसाबले सबै रेकर्ड तोडेको छ । हिन्दी संस्करणमा फिल्मले आइतबार मात्रै ८६ करोड भारु कलेक्सन गरेको थियो ।

योसँगै फिल्मले अहिलेसम्म भारतीय बक्स अफिसमा ५२९.४५ करोड कमाइसकेको छ । फिल्मले रिलिज भएको चार दिनमा विश्वभर ८०० करोड भारु कलेक्सन गरेको इन्डस्ट्री ट्र्याकर सकनिल्कले जनाएको छ ।

व्यापार विज्ञ तरण आदर्शका अनुसार पुष्पा २ ले आइतबार मात्रै हिन्दी संस्करणमा ८६ करोड रुपैयाँ कमाएको छ ।

फिल्म ‘पुष्पा २’ को ओपनिङ डे कलेक्सनको कुरा गर्दा विश्वभर २९४ करोड कमाएको थियो । जसमा भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन १७५.१ करोड थियो । पुष्पा–२ ले हिन्दी संस्करणमा ७२ करोड कमाएको थियो ।

‘पुष्पा–२’ तमिल, तेलुगु, मलयालम, कन्नड र हिन्दी गरी ५ भाषामा रिलिज भएको छ । फिल्ममा अल्लु अर्जुन फेरि पुष्पाराजको भूमिकामा देखिएका छन् । रश्मिका मन्दना पनि श्रीवल्लीको अवतारमा देखिएकी छिन् । यस्तै फहाद फासिल प्रहरी भनवर सिंह शेखावतको भूमिकामा छन् ।

फिल्मको लेखन र निर्देशन सुकुमारले नै गरेका छन् ।