७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछाडि परेका समुदायलाई शिक्षा र रोजगारी दिएर अगाडि ल्याइनेछ : प्रधानमन्त्री



अ+ अ-

झापा, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउनुभएको छ ।

झापाको गौरादहमा आज आयोजित ताजपूरिया समाज कल्याण परिषदको २९ औं स्थापना दिवसको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना साना उद्योग सन्चालन गरेर रोजगारी सृजना गर्दै उद्यमी बनाउने बाटोमा सरकारले काम गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो समाजको कला, सस्कृति र परम्परालाई आधुनिक बनाउदै निरन्तरता दिन आग्रह गर्दै सो समाजकाअ मागलाई आवश्यक सुनुवाइ गर्न ध्यान दिने विश्वास दिनुभयो ।

कार्यक्रममा समाजका अध्यक्ष पूर्णलाल ताजपूरियाले प्रधानमन्त्री ओलीलाई अभिनन्दन गर्नुभएको थियो ।