३१ जेष्ठ २०८३, आईतवार
,
Latest
कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियामा बन्दुकधारीद्धारा १२ सर्वसाधारणको गोली हानी हत्या



अ+ अ-

काठमाडौं । नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले १२ जना सर्वसाधारण गाउँलेको गोली हानी हत्या गरेका छन् । उनीहरुले कादुना राज्यको गिवा गाउँमा ती गाउँलेको हत्या गरेका हुन् । ठूलो संख्यामा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरुको हत्या गरेका र अरु कैयौँलाई नराम्ररी घाइते बनाएका छन् । 

गएको शुक्रबार र शनिबार सो गाउँमा ठूलो हिंसा भएको प्रहरीले जनाएको छ । तर ती गाउँलेको कसले र किन हत्या गरेको हो भन्ने बारेमा भने प्रहरीले केही पनि बताएको छैन । गिवा गाउँको किदान्दान र कदाई भन्ने स्थानमा ती बन्दुकधारीहरुले गाउँलेमाथि हमला गरेका थिए । 

प्रत्यक्षदर्शीहरुले गएको शुक्रबार र शनिबार ती स्थानमा ठूलो संख्याका हतियारधारी आएर बन्दुकले हमला गरेका थिए । उनीहरुले दर्जनौँ गाउँलेलाई घाइते बनाएका छन् । ती गाउँमा गएका केही महिनादेखि हिंसाका घटना भइरहेका छन् । तर ती हत्याको जिम्मेवारी भने कुनै पनि समूहले लिएको छैन । 

ती जिल्लाका जिल्ला प्रमुखहरुले शान्ति सुरक्षा कायम गर्नका लागि भन्दै यहाँको प्रान्तीय सरकारसँग थप सुरक्षाकर्मी माग गरेको जानकारी दिनुभएको सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ ।