• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन

राष्ट्रिय खुला तेक्वान्दोकोमा मूलपानीलाई तीन स्वर्ण



काठमाडौं । आयोजक मध्येको एक मूलपानी तेक्वान्दो डोजाङले प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिताको पहिलो दिन सोमबार तीन स्वर्ण जितेको छ । कुल ११ स्पर्धा समावेश प्रतियोगिताको पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा मूलपानीले सर्वाधिक ३ स्वर्ण जितेको हो । स्युचाटार तेक्वान्दो डोजाङले २ तथा कोटेश्वर तेक्वान्दो डोजाङले ले १ स्वर्ण जिते ।

मूलपानी र कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष १२ वर्षमा स्युचाटारका जेसन थापाले स्वर्ण जिते । उनले ६.१६ अंक जोडे । रजत जितेका मूलपानीका भिजन तामाङले ६.१० अंक जोडे । काभ्रेस्थलीका मिराज केसी र मूलपानीका प्रशान्त धमलाले तेश्रो स्थानमा चित्त बुझाए ।

उक्त स्पर्धाको महिलामा स्युचाटारकी ग्रिवानी थापा ६.३० अंकसाथ पहिलो भइन् । दोश्रो भएकी गोदावरीकी सर्गम थापाले ६.१६ अंक प्राप्त गरिन् । मूलपानीकी मेलिना राई तथा बुटवलकी अनुष्का तामाङले कांस्य हात पारे ।

कागेश्वरी मनोहरा नगरपालिकाको मुख्य प्रायोजन र युनिटी तेक्वान्दो डोजाङ, हङकङका अध्यक्ष दिल गुरुङको सह–प्रायोजनमा भइरहेको प्रतियोगिताको पुरुष १५ वर्षमा मूलपानीका आयुश ढुंगेल शीर्ष स्थानमा रहे । ६.३ अंक जोडेका आयुशले ६ अंक जोडेका मूलपानीकै महेश आङथुपुलाई पछि पारे । सैनिक आवसीय महाविद्यालयका सुजन श्रेष्ठ तथा गोदावरीका श्रृजल श्रेष्ठ तेश्रो बने । सोही स्पर्धाको महिलामा कोटश्वरकी सन्ध्या लामा च्याम्पियन बनिन् । सन्ध्याले ६.१३ अंक जोडिन् । ६.१० अंकसाथ मूलपानीकी प्रगति कुइकेल दोश्रो भइन् । चन्द्रसूर्यका हिमाला अधिकारी तथा सोनी शेर्पाले तेश्रो स्थानमा रहे ।
पुरुष ४१ वर्षमाथि मधुसुदन सापकोटाले मूलपानीलाई अर्को स्वर्ण दिलाए । आफ्ना प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा मधुसुदनले ६.०३ अंक जोडे । ५.८३ अंकसाथ पाटनका ईश्वरराम वज्राचार्य दोश्रो स्थानमा रहे । बागलुङका पर्शुनारायण बोहरा तथा बुटवलका दीपक राणा तेश्रो भए । महिला ३१–४० वर्षमा मूलपानीकी तृप्ति बुढाथोकीले पहिलो स्थान कब्जा गरिन् । तृप्तिले ५.७६ अंक ल्याइन् ।

प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापाले एक कार्यक्रमबीच उद्घाटन   गरे । सो अवसरमा आयोजक खेलकुद विकास समितिका अध्यक्ष रामप्रसाद पुडासैनीलगायतको उपस्थिति   थियो । दुईदिने प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेनासहित विभिन्न ४४ टिमका २ सय ८ खेलाडी सहभागी छन् ।

हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार पाउने छन् । सहभागी मध्ये एक खेलाडीलाई ‘मोस्ट पपुलर प्लेयर’ अवार्ड प्रदान गरिने छ । अवार्डको राशी ५ हजार नगद रहेको छ । यो विधाको चयन गर्न प्रत्येक सहभागी खेलाडीको भिडियो यु ट्युबमा राखिने छ । त्यस मध्ये सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई ‘मोस्ट पपुलर प्लेयर’ को अवार्ड प्रदान गरिने छ । यसको नतिजा भने अक्टोबर २० तारिखमा सर्वाजनिक गरिने छ । प्रतियोगिताको निर्णायक मण्डलमा अशोक खड्का, हीराबहादुर थापा, नोर्बु लामा, विक्रम खड्गी र मिन न्यौपाने रहेका छन् ।