काठमाडौं । सोमबार कतारका राजदूत युसुफ बिन मोहम्मद र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ । सैनिक जनसम्पर्क निर्देशनालयको अनुसार राजदूत मोहम्मद र प्रधानसेनापति थापाबीच जंगी अड्डामा भेटवार्ता भएको होे ।
भेटवार्ता दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरुसँग हुने यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।










