४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप

चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप
अ+ अ-

काठमाडाैँ । चितवन जिल्लामा पालिएका दुई लाख २० हजार बाख्रालाई पिपीआर विरुद्धको खोप लगाईएको छ । मोरडिली भाइरसका कारण उक्त रोग लाग्ने पशुसेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेले जानकारी दिनुभयो । जिल्लामा अहिले तीन लाख बाख्रा पालिएको अनुमान गरिएको छ ।

पशुचिकित्सक न्यौपानेका अनुसार, उक्त रोग लागेका बाख्रामा उच्च ज्वरो आउने, मुखमा घाउ हुने, झाडापखाला लाग्ने, नाक–आँखाबाट सिँगान बग्ने, निमोनिया भए जस्तो हुने, सास फेर्न कठिन हुने, खान मन नलाग्न जस्ता लक्षण देखिन्छ । सुरुमा ३ देखि ५ दिनमा लक्षण देखिने र ७ देखि १० दिनभित्र बाख्रा मर्न सक्ने हुन सक्छ ।

त्यस रोगबाट सङ्क्रमितमध्ये ५० देखि ९० प्रतिशतसम्म बाख्रा मर्ने सक्ने अनुमान गर्न सकिने चिकित्सक बताउँछन् । कार्यालयले हरेक वर्ष बाख्रामा त्यस रोग विरुद्धको खोप दिँदै आएको छ । रोगी बाख्रा–खसीको जुतोबाट, रोगी बाख्राको नाकबाट निस्कने सिँगानबाट, आँखाबाट निस्कने आँसुको माध्यमबाट, रोगी बाख्राले खोक्दा र हाच्छिउँ गर्दा हावामा मिसिने मसिना कणमा भएका विषाणुबाट सङक्रमण फैलिन्छ । खानेपानी, दाना हाल्ने डुँड र प्रयोग गरिएको सोतर सङ्क्रमण फैलिने उहाँले बताउनुभयो ।

व्यावसायीक रुपमा बाख्रापालन गर्ने किसानलाई जैविक सुरक्षाको विधि अवलम्बन गर्न पनि चिकित्सकहरुले सुझाव दिनुभएको छ । पिपीआर रोगले मरेका पशुलाई खाल्टो खनेर गाड्न र रोगी बाख्रासँग लसपस भएका सरसामान जलाएर नष्ट गर्नु उपयुक्त हुने चिकित्सकको सल्लाह छ । त्यस रोगबाट बचाउन तीन महिना उमेर पुगेका सम्पूर्ण स्वस्थ भेडाबाख्रालाई प्रत्येक दुई वर्षमा उक्त रोग विरुद्ध खोप लगाउन सुझाव छ ।