७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी प्रेस संगठनको संस्थापक उपाध्यक्ष बिडारीद्वारा संगठन परित्याग



अ+ अ-

काठमाडौँ । नेकपा एस निकट समाजवादी प्रेस संगठनको संस्थापक उपाध्यक्ष तथा उपत्यका इन्चार्ज शन्तराम बिडारीले सो पार्टीका सबै निकाय परित्याग गरेको घोषणा गरेका छन् ।

प्रेस चौतारी नेपाल र प्रेस युनियनले आइतबार राजधानीमा आयोजना गरेको निर्मला शर्मा समूहको उम्मेदवारी परिचय कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।

साथै, बिडारीले नेपाल पत्रकार महासङ्घको आगामी मङ्सिर २८ गते हुने निर्वाचनमा आफूले दिएको कोषाध्यक्षको उम्मेदवारी समेत फिर्ता लिएका छन् । फिर्तासँगै उनले संयुक्त समूहबाट उम्मेदवार बनेका रामकृष्ण ज्ञवालीलाई समर्थन गरेको घोषणा गरे ।

उम्मेदवार परिचय कार्यक्रममा बोल्दै उनले भने – ‘म समाजवादी प्रेस सङ्गठनको केन्द्रीय सल्लाहकार, पार्टीको केन्द्रीय प्रचार विभाग सदस्यमा समेत नरहने गरी सो पार्टी सम्बद्ध सबै निकाय परित्यागको घोषणा गर्दछु ।’

उनले आफूलाई कुनै बेला नेपाल पत्रकार महासङ्घको काठमाडौं जिल्लाको अध्यक्ष बनाउन प्रेस चौतारीले महत्वपूर्ण भूमिका निर्वाह गरेकाले चौतारीसँग भावनात्मक सम्बन्ध रहेको बताए ।

उनले आजै फेसबुकमा लेखेका छन् ‘समाजवादी प्रेस संगठनको संस्थापक उपाध्यक्ष तथा उपत्यका इन्चार्ज एवं हालको केन्द्रीय सल्लाहकार तथा नेकपा एकीकृत समाजवादीको केन्द्रीय प्रचार बिभागको सदस्य पद गर्वसाथ परित्याग गरेको छु। यसबेलासम्म सहकार्यमा रहनुहुने प्रिय मनहरुप्रति आभारी छु ।’

बिडारी केन्द्रीय सल्लाहकार तथा नेकपा एस केन्द्रीय प्रचार विभागको सदस्य समेत थिए ।