१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाहबाट बागेश्वरी मन्दिरमा पूजा तथा दर्शन फोटो फिचर



अ+ अ-

काठमाडौं । पश्चिम नेपालको भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले आज मध्य पश्चिम क्षेत्रको प्रशिद्ध धार्मिक स्थल नेपालगन्जमा अवस्थित बागेश्वरी मन्दिरमा पूजा आजा गर्नुभएको छ ।

उक्त अवसरमा पूर्वअधिराजकुमारी प्रेरणा राज्य लक्ष्मी देवी सिंह, पुर्व शाहाज्यादीहरु पूजा राज्य लक्ष्मी देवी शाही शिताष्मा राज्य लक्ष्मी देवी शाह समेत सरिक रहनु भएको थियो ।

पूर्वराजा शाह मंगलबार बर्दियाको बाह्रबिगामा हुने श्रीमद् भागवती धनधान्याञ्चल सप्ताह महायज्ञमा सहभागी हुने कार्यक्रम छ । उहाँ बिहान ११ बजे कार्यक्रममा पुग्नुहुने छ ।

त्यसैगरी मंसिर २९ गते शनिबार १२ बजे तुल्सीपुरमा रहेको स्वर्गीय राजा वीरेन्द्र स्मृति पार्कमा पुग्नुहुने छ । त्यही दिन घोराहीमा रहेको पाण्डभेश्वर मन्दिरमा पुगेर पूजा अर्चना गर्ने कार्यक्रम छ ।

तस्बिर- खगेन्द्र दाहाल