१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यापक जागरण र सबैको साझा प्रयासबाट प्रकृतिक विपद जोखिम न्यूनीकरण गर्नुपर्छ : प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जागरण र सबैको साझा प्रयासबाट प्रकृतिक विपद जोखिम न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ । 

प्राकृतिक विपद जोखिम न्यूनीकरण सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यापक जागरण र सबैको साझा प्रयासबाट जोखिम न्यूनीकरण गर्न सकिने बताउनुभएको हो ।

जोखिम प्रकट हुनै नपाउने र भइहालेमा त्यसको समाधान कसरी गर्ने भन्ने सम्बन्धमा सरकार तत्पर रहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । उद्दार, राहत र पुननिर्माणका कामहरुलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा सरकारले आफ्नो सहभागितालाई बढाउँदै लगेको बताउनुभयो ।

केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहमा केन्द्रले तय गरेका राष्ट्रिय नीति, रणनीति र कार्ययोजनालाई प्रवाहीत गर्ने र सबैतहमा जानकारी गराउने काम भइराखेको पनि प्रधामन्त्री ओलीले बताउनुभयो । सन २०१५ देखि सुरु भएको दिगो विकास लक्ष्यले पनि विपद जोखिमको सन्दर्भमा महत्वपूर्ण दृष्टिकोण अगाडि सारी काम गरिराखेको पनि उहाँले बताउनुभयो ।

नेपालमा विपद जोखिम न्यूनीकरण र त्यसबाट उत्पन्न भएका असरहरुको समाधान गर्ने सन्दर्भमा राष्ट्रिय नीतिको तर्जुमाबाट तयार भएको रणनीतिक कार्ययोजनालाई दिगो विकास लक्ष्यसँगै जोडेर राष्ट्रिय रणनीति तय भइसकेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । विपद न्यूनीकरणका लागि मानविय भावना, परोपकारी भावना र सहकार्यको भावनाको आवश्यकता भएको पनि उहाँले बताउनुभयो ।

पछिल्लो समय कोरोना भाइरसले मानविय र अर्थतन्त्रमाथि गम्भिर क्षति पुर्याएकोले पनि सबै मिलेर न्यूनीकरणमा लाग्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । कोरोना संक्रमणको अहिलेको स्थितिले विश्व व्यवस्थाको सन्दर्भमा नयाँ नयाँ ढंगले सोच्नुपर्ने समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले विश्व कोरोना महामारीको विरुद्ध जुधिरहेको अवस्थामा सम्पूर्ण व्यक्ति एक भई विपदको समाना गर्न दिवसले सबैलाई प्रतिवद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो । प्राकृतिक विपदको विरुद्ध एक्लै लडन असम्भव हुने भएकाले सबै पक्ष एक भएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

गृहमन्त्री थापाले नेपालमा यस वर्षको मनसुनमा ५ सय भन्दा बढीको संख्यामा मानविय क्षति भएको र एक अर्ब भन्दा बढीको आर्थिक क्षति भएको बताउनुभयो । प्राकृतिक विपद न्यूनीकरणका लागि सरकारले आवस्यक ऐन, नियमावली र कार्यविधिको पनि व्यवस्था गरेको उहाँले बताउनुभयो ।