१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

चापाकोट नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द



अ+ अ-

स्याङ्जा । चापाकोट नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । कोरोना भइरसबाट मङ्गलबार एकै दिन १४ जनामा सङ्क्रमण देखिएपछि नगरपालिकाले कोरोना सङ्क्रमण समुदायमा थप फैलिनबाट रोक्न अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेर सर्वसाधारण जनतालाई सचेत रहन आग्रह गरेको छ । नगरपालिकाका प्रमुख शिवकुमार गिरीले प्रेस विज्ञिप्तमार्फत सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन् । नगरप्रमुख गिरीले कोरोना सङ्क्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी पूर्णरूपमा अपनाउँदै सचेत रहन नगरवासीमा अपिल गर्दै सङ्क्रमितको उपचारसहित सम्पूर्ण व्यवस्था प्रदेश र सङ्घ सरकारसँग समन्वय र सहकार्य गरी अभिभावकत्व कायम गर्न नगरपालिका तत्पर रहेकाले धैर्य र सुरक्षित रहनसमेत आग्रह गर्नुभएको छ । खाद्यान्न र औषधि पसलबाहेकका बजार क्षेत्रका सबै पसलका साथै वडा कार्यालयमा समेत सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब सङ्कलन गरेर परीक्षण गर्ने क्रममा ३९ जनाको स्वाब सङ्कलन गरिएकामा १४ जनामा सङ्क्रमण देखिएपछि अन्यको पनि स्वाब सङ्कलन गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । सङ्क्रमण देखिएका १० पुरुष र चार महिलामध्ये १३ जनाको कालिका सामुदायिक अस्पताल हेलुमा र एक जनाको पोखरामा उपचार भइरहेको  जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।

कोरोना सङ्क्रमण देखिनेमा केही दिन पहिले चापाकोटमा बिएम फाउण्डेशन र ताइवान प्रिभेन्टिभ ब्लाइन्डेशन फाउण्डेशनद्वारा सञ्चालित एकदिने निःशुल्क आँखा शिविरमा सहभागी भएकाहरु छन् । शिविरमा सहभागी चिकित्सक र आयोजकसमेतमा कोरोना सङ्क्रमण देखिएपछि केही दिनदेखि आइसोलेसनमा उपचार गराइरहेका बेला अन्य स्थानीयवासीमा समेत कोरोना देखिएपछि चापाकोट नगरपालिकामा कोरोना सङ्क्रमण थप फैन सक्ने भएकाले उच्च सतर्कता अपनाइएको छ । यता वालिङ बजारमा समेत व्यापारीमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाले सतर्कता अपनाउन आग्रह गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्डको प्रयोग गर्न आग्रह गरेको छ ।