४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

चलचित्रको पाश्र्वगायनमा नारायण गोपाल

चलचित्रको पाश्र्वगायनमा नारायण गोपाल
अ+ अ-

काठमाडौं ।
जन्मनुपर्छ हरेक मानिस लिएर नौलो आश
गुराँस बिहान देखाई भन्छु, बदलिँदो आकाश

गीतकार नगेन्द्र थापाले चलचित्र बदलिँदो आकाशका निम्ति लेख्नु भएको यो गीतलाई गोपाल योञ्जनको संगीतमा नारायणगोपालले स्वर दिनुभएको हो । यो गीत सुन्दा हृदयस्पर्श हुन्छ । यी र यस्तै कालजयी स्वरका शिखर तथा स्वरसम्राट नारायण गोपालको आज ३४औं स्मृति दिवस । नेपाली चलचित्रको पाश्र्व गायनको इतिहासमा सुनौलो अक्षरले नारायण गोपालको नाम लेखिएको छ ।

उहाँले कालजयी गीतहरु चलचित्र परिवर्तनको ‘बुझ्नै सकिनौ तिमीले, आँखाको भाखा मेरो, हजार अर्थ अरुले लाएर के गरुँ ? चलचित्र चिनोको ‘मोहनी लाग्ला है, गाउँलेको बोलीले’, सिन्दुर चलचित्रको ‘लुकुँलुकँु लाग्यो मलाई’, ‘कान्छी’ चलचित्रको ‘छोरीको जन्म हारेको कर्म’मा स्वर दिनुभएको थियो ।

मन्दिरमा छ की मूर्तिमा माया
पत्थरमा छ की धुलोमा माया !!

कोइ त देखाउ केही त बताउ
गरिबमा छ की धनीमा माया !!!

चलचित्र मायाका लागि वरिष्ठ गीतकार किरण खरेलको शब्द र संगीतरत्न तथा मेलोडी किङ शम्भुजीत बासकोटाको संगीतमा स्वरसम्राट नारायण गोपालले गाउनुभएको यो, यी र यस्तै पाश्र्व तथा अन्य गायिकीले नारायणगोपाल संगीतको शिखरमा पुर्‍यायो र टिकाई राख्यो ।

नारायण गोपालले नयाँ पुस्तासँग राम्रो सहकार्य गर्नुभयो । जसमा शम्भुजीत बासकोटासित ‘माया’ सिनेमामा ‘आँखैमा कसैको तस्बिर बसेछ …’ र ‘मन्दिरमा छ की मूर्तिमा माया’ जस्ता गीत गाउनुभयो ।

चलचित्रको पाश्र्व गायनमा नारायणगोपालले गोपाल योञ्जन, रञ्जीत गजमेर, भूपेन्द्र रायमाझीको संगीतमा पनि विभिन्न चलचित्रका स्वर दिनुभएको थियो । त्यस समयमा गायनमा नारायणगोपालसित प्रतिस्पर्धामा उनका समकालीन कोही थिएनन् ।

समकालीन नेपाली आधुनिक गीत, संगीतको कुरा आउनासाथ जनस्तरबाटै घोषणा गरिएको स्वर सम्राटको उपाधि प्राप्त नारायणगोपालको नाम आइहाल्छ । पञ्चायतकालमा संगीत र गायनको शिखरमा पुगेका नारायणगोपालको उचाई २०४६ सालको राजनीतिक परिवर्तनपछि अझ माथि पुगेको थियो । तर स्वर सम्राट यी होनाहार व्यक्तिको २०४७ साल मंसिर १९ गते ५१ वर्षकै उमेरमा निधन भयो । राष्ट्रले एक महान व्यक्ति गुमायो । गीत संगीतको क्षेत्र टुहुरो बनाएर विदा हुने तिनै स्वर सम्राटका बारेमा हरेक वर्ष मंसिर १९ गते विवेचना हुने गर्दछ, स्मरण गरिन्छ, पुरस्कारहरु वितरण गरिन्छ र उनीसँग उठबस गरेका व्यक्तिका स्मरणहरु नयाँ पुस्तालाई सुनाइन्छ ।

कालजयी गीतका सर्जक तथा जादूमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाडौंमा भएको थियो ।