![](https://newspolar.com/wp-content/uploads/2022/03/thumb_2jVAYLXD90.jpg)
लन्डन । विश्व च्याम्पियन फ्रान्सले क्रोएसियाविरुद्धको अपराजित यात्रालाई आठ खेलसम्म निरन्तर राख्दै बुधबार यूईएफए नेसन्स लिगमा २–१ को जित निकालेको छ । खेलमा केयलिन एमबापले निर्णायक गोल गरे । यससँगै फ्रान्स समूह ‘थ्री’ को दोस्रो स्थानमा रह्यो । फ्रान्सको चार खेलबाट १० अंक भएको छ ।
गोल अन्तरमा पोर्चुगल समूहको शीर्ष स्थानमा छ । अर्को खेलमा क्रिस्टियानो रोनाल्डोविनाको पोर्चुगलले स्विडेनलाई ३–० ले हरायो । डिएगो जोटाले दुई गोल गरे । समूह ‘वान’ मा इटाली र नेदरल्यान्ड्सविरुद्धको खेल १–१ को बराबरीमा टुंगियो । यसै समूहमा पोल्यान्डले बोस्निया–हर्जगोभिनालाई ३–० ले पराजित गर्यो ।
पोल्यान्डका लागि रोबर्ट लेवनडोस्कीले दुई गोल गरे । समूह २ मा इंग्ल्यान्ड भने वेम्बलीमा डेनमार्कसँग १–० ले स्तब्ध रह्यो । खेलको एक मात्र गोल क्रिस्टियन एरिक्सलने पेनाल्टीबाट गरे । यसै समूहमा बेल्जियमले आइसल्यान्डलाई २–१ ले हराएर शीर्ष स्थानमा उक्लियो ।