१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनः त्रिपुरासुन्दरी–५ मा माओवादी केन्द्रका झाँक्री विजयी



अ+ अ-

ठूलीभेरी । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नरबहादुर झाँक्री विजयी हुनुभएको छ । आइतबार भएको निर्वाचनमा उहाँ एक सय ६१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

विजयी झाँक्रीका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नरबहादुर रोकाले एक सय १६ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत प्राप्त गर्नुभयो ।

विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित नन्दलाल रोकाको दमका कारण २०८० माघमा निधन भएको थियो । त्यतिबेला उहाँले माओवादी केन्द्रका जङ्गबहादुर रोकायलाई पराजित गर्नुभएको थियो ।