४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

दिनेश राउतले ‘महाभोज’ निर्देशन गर्दै, आठौँ चलचित्रमा कलाकारको बुलन्द लाइनअप

दिनेश राउतले ‘महाभोज’ निर्देशन गर्दै, आठौँ चलचित्रमा कलाकारको बुलन्द लाइनअप
अ+ अ-

काठमाडौं । पछिल्लो चलचित्र ‘पुजार सार्की’ निर्देशन गरेका दिनेश राउतले आठौँ चलचित्रको रूपमा ‘महाभोज’ नामक चलचित्र घोषणा गरेका छन् । नेपालको चलचित्रका प्रशंसित निर्देशक राउतले सोमबार सामाजिक सञ्जालमार्फत यो महत्त्वाकाङ्क्षी चलचित्र घोषणा गर्दै कलाकारहरूको बुलन्द लाइनअप पनि सार्वजनिक गरेका छन् ।

यस चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मिरुना मगर, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ, र कमलमणि नेपालजस्ता चर्चित कलाकारहरूको मुख्य अभिनय रहनेछ । यसअघि ‘नाङ्गो गाउँ,’ ‘दुखी आत्मा’ जस्ता चलचित्रहरूको निर्माण गरेका निर्माता हिमाल कडरियाले यो चलचित्र बनाउनेछन् । चलचित्रको निर्माणमा कडरियाको क्लक वर्क क्रियशन र निर्देशक राउतको पिक्चर फ्रेमले सहकार्य गरेका छन् ।

राउतले ‘महाभोज’ सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही अभियान रहेको बताएका छन् । “आम मानिसहरूको जीवन र उनीहरूको भरोसाको पक्षमा उभिने र सत्यका लागि लड्ने र अन्यायको विरुद्ध आवाज उठाउने कथा हामीले यस चलचित्रमार्फत प्रस्तुत गर्दैछौँ,” निर्देशक राउतले बताए ।

आगामी माघ १ गतेदेखि छायाङ्कन आरम्भ यस चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । वितरणको आर.आर. फिल्मस्ले गर्नेछ ।