२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा’



अ+ अ-

काठमाडौँ, १६ मङ्सिर : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशको सुर्खेतमा तय भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनमा हुने बताउनुभएको छ ।

राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम २०८०/८१ मा उल्लेखित युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासनका विषयबारेको छलफलमा मन्त्री चौधरीले पूर्वनिर्धारित समय र स्थानमै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिने प्रतिबद्धता जनाउनुभएको हो ।

“कर्णालीमा खेलकुदका संरचना छैनन्, त्यहाँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन सक्दैन भन्ने बुझाइ गलत हो, प्रदेश सरकारले त्यहाँ करोडौँ रुपैयाँको लगानीमा संरचना निर्माण गरेको छ, त्यही संरचनामा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन्छ”, मन्त्री चौधरीले भन्नुभयो । खेलाडीको सामाजिक सुरक्षाका लागि मन्त्रालय प्रतिबद्ध रहेको उहाँले बैठकलाई जानकारी गराउनुभयो ।

बैठकमा सांसदहरुले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय र स्थान परिवर्तन गर्न नहुनेमा जोड दिनुभएको थियो । बैठकमा सांसदहरु पदम परियार, मदनकुमारी शाह, सुमित्रा बिसीलगायतले खेलकुद प्रतियोगिता तोकिएकै समय र स्थानमा गर्न मन्त्री चौधरीसँग अनुरोध गर्नुभयो ।

मन्त्रालयका सचिव सुमन अर्यालले खेलकुदलाई शिक्षा, संस्कृतिलगायत विधासँग पनि जोडेर काम गर्न लागिएको जानकारी गराउनुभयो । खेलकुद सङ्घले नै प्रतियोगिताको आयोजना गर्ने भएकाले तिनैलाई बलियो बनाउन लागिएको उहाँले बताउनुभयो । मन्त्रालयले नीति निर्माणको काम गर्ने सचिव अर्यालले बैठकमा जानकारी दिनुभयो ।रासस