२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विनोदले बनाए विश्व कीर्तिमान



अ+ अ-

सुदूरपश्चिम । कैलालीको टीकापुरका खेलाडी विनोद थापाले तेक्वान्दो खेलअन्तर्गत खेलिने ‘मोष्ट मार्सल राउण्ड हाउस किक इन वान आवर’ अर्थात् एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने विधामा विश्व रेकर्ड बनाएका छन्। यो विधामा अहिलेसम्म कसैले पनि रेकर्ड नबनाएको बताइएको छ । थापाले सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घले बिहीबार धनगढीमा आयोजना गरेको कार्यक्रममा एक घण्टामा एक खुट्टाले दुई हजार ७५० पटक किक हानेर नयाँ रेकर्ड बनाएका हुन् । गिनिज बुक अफ ओल्ड रेकर्डले तोकेको समयअनुसार उनले एक घण्टामा सो रेकर्ड बनाउन सफल भएका हुन् ।

अब उहाँले आगामी कात्तिक ४ गते ‘मोष्ट मार्सल आर्टस किक इन वान आवर युजिङ अल्टरनेटिभ लेग्स’ अर्थात् एक घण्टामा दुवै खुट्टाको प्रयोग गरेर सबैभन्दा बढी किक हान्ने विधाको रेकर्ड बनाउने तयारी गरेका छन् । यो समय पनि गिनिज बुक अफ ओरल्ड रिकर्डले तोकेको मापदण्डअनुसार नै गरिने उल्लेख गरिएको छ ।

हाल यो रेकर्ड जापानका तेक्वान्दो खेलाडी मिजोकी कातोको नाममा रहेको छ । कातोको नाममा एक घण्टामा तीन हजार ६३२ पटक किक हानेर विश्व रेकर्ड कायम भएको खेलकुद पत्रकार सीताराम ओझाले बताए । कार्यक्रममा धनगढी उप महानगरपालिकाका प्रमुख नृपबहादुर वड, सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष सुवाश शाही लगायतको उपस्थिती थियो ।