![](https://newspolar.com/wp-content/uploads/2022/03/mumbai_indians_2020_ORPHP5s3kO.jpg)
अबुधाबीः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) ले मुम्बई इन्डियन्स विरुद्ध टस जिती पहिले ब्याटिङ रोजेको छ ।
शुक्रबारको खेलमा केकेआरको कप्तानी इयोन मोर्गनले गरेका छन् । केकेआरका कप्तान दिनेश कार्तिकले टिमको कप्तानबाट राजीनामा दिएपछि मोर्गनलाई कप्तानी जिम्मेवारी दिइएको हो ।
आइपिएलका सात खेल खेलेपछि कार्तिकले एकाएक राजीनामा दिएका थिए । राजीनामाका बारेमा अनेक अडकलबाजी गरिए पनि उनले आफूले ब्याटिङमा बढी ध्यान दिन चाहेको स्पष्टीकरण दिएका छन् ।
अंक तालिकामा केकेआर सात खेलबाट ८ अंक बटुल्दै चौथो स्थानमा छ ।
केकेआर टिम
राहुल त्रिपाठी, शुभमन गिल, नितिश राना, दिनेश कार्तिक, इयोन मोर्गन, आन्द्रे रसेल, क्रिस ग्रिन, प्याट कमिन्स, प्रसिद्ध कृष्ण, शिभम माभी, वरुण चक्रवर्ती
मुम्बई इन्डियन्स
रोहित शर्मा (कप्तान), क्वीन्टन डी कक, सूर्य कुमार यादव, इसान किसन, हार्दिक पान्ड्या, कायरोन पोलार्ड, क्रुनाल पान्ड्या, राहुल चहर, ट्रेन्ट बोल्ट, जसप्रित बुमराह, नाथन कुल्टर नाइल
पछिल्लो अंक तालिका