३ भाद्र २०८३, बुधबार
,
Latest
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएल : केकेआरले टस जितेर ब्याटिङ रोज्यो



अ+ अ-

अबुधाबीः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) ले मुम्बई इन्डियन्स विरुद्ध टस जिती पहिले ब्याटिङ रोजेको छ ।

शुक्रबारको खेलमा केकेआरको कप्तानी इयोन मोर्गनले गरेका छन् । केकेआरका कप्तान दिनेश कार्तिकले टिमको कप्तानबाट राजीनामा दिएपछि मोर्गनलाई कप्तानी जिम्मेवारी दिइएको हो ।

आइपिएलका सात खेल खेलेपछि कार्तिकले एकाएक राजीनामा दिएका थिए । राजीनामाका बारेमा अनेक अडकलबाजी गरिए पनि उनले आफूले ब्याटिङमा बढी ध्यान दिन चाहेको स्पष्टीकरण दिएका छन् ।

अंक तालिकामा केकेआर सात खेलबाट ८ अंक बटुल्दै चौथो स्थानमा छ ।

केकेआर टिम

राहुल त्रिपाठी, शुभमन गिल, नितिश राना, दिनेश कार्तिक, इयोन मोर्गन, आन्द्रे रसेल, क्रिस ग्रिन, प्याट कमिन्स, प्रसिद्ध कृष्ण, शिभम माभी, वरुण चक्रवर्ती

मुम्बई इन्डियन्स

रोहित शर्मा (कप्तान), क्वीन्टन डी कक, सूर्य कुमार यादव, इसान किसन, हार्दिक पान्ड्या, कायरोन पोलार्ड, क्रुनाल पान्ड्या, राहुल चहर, ट्रेन्ट बोल्ट, जसप्रित बुमराह, नाथन कुल्टर नाइल

पछिल्लो अंक तालिका