२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृत्रिम जात, धर्म, वर्णभन्दा धेरै माथि मानवता छ



अ+ अ-

सम्मानित समस्त विवेकशील एवम् राष्ट्रियताको भावनाले ओतप्रोत सज्जन महानुभावहरू;

केही परिघटना र परिदृश्यले केही कोर्न मन लाग्यो, यो मेरो मनको पीडाको प्रस्फुटन हो, यसमा वैयक्तिक स्वार्थ केही होइन यो भन्दा बरु सामाजिक र राष्ट्रिय स्वार्थ यससँग जोडिएको छ,

१. हामी मानवधर्मी भएर हिडौं; यो कृत्रिम जात, धर्म, वर्णभन्दा धेरै माथि मानवता छ, त्यो शाश्वत, जन्मसिद्ध एवम् ब्रम्हाण्डिय छ । जसरी विश्वको जुन कुनै कुनामा रहेको बाघले मासु खान्छ घाँस खाँदैन, त्यसै गरी मानव धर्म पनि साझा र आफनै मौलिक खालको छ, त्यो मानव निर्मित जुनसुकै धर्म भन्दा फरक छ । तसर्थ मानवताको न्यूनतम मूल्यलाई अङ्गीकार गरी घृणा र द्वेष भन्दा पर मानवधर्मी भएर समस्तलाई प्रेम, दया, करुणा र अहिंसाको मार्गमा अघि बढाउन प्रेरणा प्रदान गरौं ।

२. मानव समन्वयवाद; हाम्रो संस्कार, पूर्वजको अभ्यास, हाम्रो माटोमा जन्मिएको मौलिक संस्कृतिले हामीलाई मानव मिलन भावले जिउन सिकाएको छ ।

त्यसैले प्रकृतिको नियम पनि के छ भने संसारमा कहिल्यै पनि आगोले पानीलाई जित्दैन, अन्ततोगत्वा पानीले नै जित्छ, यसको मतलव द्वन्द्व, उन्माद र हिंसाले होइन प्रेम, शान्ति र अहिंसाले जितेको समाज नै दीर्घकालिक एवम् मानवताले पूर्ण हुनेछ ।

३. वेद, बौद्ध, बोन र किराँत आदि संस्कृतिको प्रारम्भभूमि, नेपाल, यिनका शास्त्र र अभ्यासले हामीलाई जुन कुरा सिकायो त्यो विश्वमै अनुपम छ । यी मान्यताको वास्तविकता तथा मौलिकताको उजागर गर्न सकेमा हामी कुनै पनि विचार (चाहे त्यो अध्यात्मवाद होस या भौतिकवाद) मा परनिर्भर या परजीवी बन्न पर्दैन । त्यसैले त्यो स्वर्णिम प्रागैतिहासिक पृष्ठभूमि बोकेको भूमिको सहि सम्मान गर्न सकिएन भने या ती मान्यताको विरुद्ध कसैको बहकावमा परेर कथित जात, धर्म या क्षेत्रको बीच लडाइँको कारक हामी बन्यौं भने यो राष्ट्रलाई अभूतपूर्व, अक्षम्य दीर्घकालिक असर पर्नेछ र यो माटोले हामीलाई धिक्कार्ने छ ।

४. जहाँसम्म जातीय छुवाछुतको कुरा छ, यो मानवताको सबैभन्दा ठूलो कलंक हो, कोही अतिवादीहरूले यो (जन्मको आधारमा जात) व्यवस्था कायम हुनुपर्छ भन्ने मान्यता राख्छन भने मानव समुदायकै ठूलो शत्रु हुन, सबै क्षेत्रबाट यसको खुलेर बिरोधका साथसाथै यसको समूल अन्त्यको सामुहिक प्रयास हामीबाट हुन जरुरी छ ।

५. पश्चिमा फिरिङ्गीको योजनामा मायानदेखि लिएर विश्वमा झण्डै १२० सभ्यता नष्ट भएको सर्वविदितै छ । नेपाल केही सभ्यताको प्रारम्भ भूमि हो, यो उनीहरूले राम्रोसँग बुझेका छन् । विभिन्न नाम (चाहे कथित जातीय, क्षेत्रीय, साम्प्रदायिक) मा विभाजन गर्ने कार्य गरियो भने यसले द्वन्द्व सृजना मात्र गर्छ अनि फुटाऊ र राज गर (Divide & Rule) भन्ने नीतिको अवलम्बन गर्नेहरूलाई यहाँको मौलिक सभ्यता नष्ट गर्नुका साथै आफ्नो मान्यता लाद्न ठूलो बल पुग्नेछ । यही कुरालाई मध्यनजर गरी सबै खालको अतिवादी विचारलाई परास्त गर्न मानवता र राष्ट्रियताको भावनाले हातेमालो गर्दै हामी एकजुट हुनुको विकल्प छैन, यस विषयलाई गम्भीरतापूर्वक लिएर अघि बढ्न सबै सामू विशेष अनुरोध छ ।

६. अर्को कुरा, डा. मित्र परियार दाइलाई आग्रह; सबैभन्दा पहिला तपाईंलाई विशेष सम्मान छ दाइ, तपाईं PhD Scholar, बेलायतमा अध्यापन गराउनु हुन्छ, तपाईंको विद्वताको प्रस्फुटनले हामी जस्ता तमाम व्यक्तिहरू लाभान्वित हुने अवसर पाउनुपर्छ । तपाईं साच्चै कथित दलित समुदायको सर्वाङ्गीण हित र छुवाछूत मुक्त समाज निर्माण गर्ने चाहना गर्नुहुन्छ भने सामाजिक सन्जालमा तपाईंको लेखनले आफ्नै मानमार्दन हुने र विद्वताको ओज घट्ने कार्य गर्नुहुन्न, यो तपाईंलाई विना पूर्वाग्रह सुझाव हो । समस्या जहाँ छ त्यहीँबाट समाधान खोज्नु नै महानता हुन्छ । छुवाछूत मुक्त समाजको निर्माण र समस्त मानव कल्याणको बृहत् योजना ल्याउनुस तपाईंलाई नेतृत्वमा राखेर हामी हिँड्न तयार । तपाईंको पहलकदमीले मेरो छोरा र तपाईंको छोरा सँगसँगै हिँड्ने, खाने र बस्ने अवस्था सृजना हुनुपर्छ न कि घृणा र द्वन्द्वमा रहेर, यो हुनसक्यो भने तपाईं इतिहासको पूजनीय पात्र हुनुहुनेछ, हामी त्यो चाहन्छौं । तपाईंको अध्ययनको क्षितिजले जुन कुरा प्रकट भैरहेको छ, त्यो अलिक शोभनीय भएन, त्यो भन्दा बढी हामीले तपाईंबाट धेरै आशा गरेका छौं । "चरालाई रूखको हाँगामा भन्दा आफ्नो पखेटामा विश्वास हुनुपर्छ" भने झैं तपाईं विदेशी अम्बेड्करवादी या कुनै वादी होइन, बुद्धवादी या नेपालीवादी भएर आउनुस, समतामूलक समाजका लागि नाम जस्तै "मित्रवादी" भनेर सम्मान गर्न पाऊँ । यसमै हामी सबैको आत्म-सम्मान मिल्नेछ अनि कल्याण हुनेछ । जय होस, नारायण !




भर्खरै