४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी

दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी
अ+ अ-

काठमाडाैँ । भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तरमन्तरमा आज  ‘ककरोच जनता पार्टी (सीजेपी)’ ले विरोध प्रदर्शन गरेको छ। पार्टीका संस्थापक अभिजित दीपक आजै अमेरिकाबाट भारत आइपुगेपछि प्रत्यक्ष रूपमा प्रदर्शनस्थल पुगेका हुन्।

सयौँको संख्यामा सहभागी प्रदर्शनकारीहरूले शिक्षामन्त्रीको कार्यशैलीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले परीक्षा प्रणालीमा भएका कथित अनियमितताप्रति असन्तोष व्यक्त गरेका छन्।

ककरोच जनता पार्टीले आफ्नो प्रदर्शन निट-यूजी पेपर लिक, साथै सीबीएसई, सीयूईटी र एसएससी-जीडीजस्ता विभिन्न परीक्षामा देखिएका अनियमितता र भ्रष्टाचारविरुद्ध केन्द्रित रहेको जनाएको छ।

प्रदर्शनकारीहरूले वर्तमान शिक्षामन्त्रीको कार्यकालमा युवाहरूको भविष्य संकटमा परेको आरोप लगाउँदै तत्काल सुधारको माग गरेका छन्।

सामाजिक सञ्जालमा व्यंग्यात्मक अभियानबाट सुरु भएको भनिएको ककरोच जनता पार्टी हाल जन्तरमन्तरमा भएको यस प्रदर्शनसँगै सार्वजनिक रूपमा चर्चामा आएको छ।