११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी

मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
अ अ+ अ-

काठमाडाैँ । अमेरिकी सेनाले इरानका केही रडार साइटहरूमा आक्रमण गरेको जनाएको छ । यो घटनालाई मध्यपूर्वमा जारी तनाव र कमजोर हुँदै गएको युद्धविरामको बीचमा भएको थप ठूलो तनावको रूपमा हेरिएको छ ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जाल ‘एक्स’ मा दिएको जानकारीअनुसार शुक्रबार अमेरिकी सेनाले इरानतर्फ प्रक्षेपण गरिएका चार वटा एकतर्फी आक्रमणकारी ड्रोनहरू खसालेको थियो । ती ड्रोनहरूले होर्मुज जलडमरू क्षेत्रमा रहेको समुद्री यातायातका लागि तत्काल खतरा उत्पन्न गरेको दाबी गरिएको छ ।

सेन्टकमका अनुसार उक्त घटनापछि अमेरिकी सेनाले इरानको गोरेक र कÞेश्म टापुमा रहेका तटीय निगरानी रडार साइटहरूलाई निशाना बनाएर आक्रमण गरेको हो । अमेरिकी पक्षले यो कदम सम्भावित थप आक्रमण रोक्नका लागि गरिएको बताएको छ । यसैबीच, इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईले एक अन्तर्वार्तामा अमेरिका–इरानबीचको सम्भावित शान्ति सम्झौता अहिले स्थगित अवस्थामा रहेको बताउनुभएको छ ।

उहाँका अनुसार अमेरिका सरकारले जमेका इरानी सम्पत्तिमा करिब २४ अर्ब अमेरिकी डलर फुकुवा गर्नुपर्ने विषयले वार्तालाई प्रभावित बनाएको छ । रेजाईले वार्ता अवरुद्ध भएमा स्थिति अझ गम्भीर हुने चेतावनी दिँदै अमेरिकालाई “अन्धकारमय अवस्थातर्फ प्रवेश गर्न सक्ने” बताउनुभयो । उहाँले वार्ता पुनः अघि बढाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहल गर्नुपर्ने पनि बताउनुभएको छ । अर्कोतर्फ, राष्ट्रपति ट्रम्पले एनबीसी न्यूजसँगको अन्तर्वार्तामा इरानी नेतृत्वसँग युद्ध अन्त्य गर्ने कुनै सहमति नभएको बताउनुभएको छ ।

उहाँले इरान “बलियो र गर्विलो” भएकाले सम्झौता गर्न ढिला गरिरहेको टिप्पणी गर्दै अन्ततः उनीहरूसँग विकल्प सीमित रहेको दाबी गर्नुभयो । यसैबीच, ट्रम्पले युद्ध सुरु भएयता इरानसँग रहेका मिसाइल क्षमताको करिब २१ देखि २२ प्रतिशत मात्र बाँकी रहेको विश्वास व्यक्त गर्नुभएको छ । मध्यपूर्वमा अमेरिका–इरानबीच बढ्दो तनाव र सैन्य गतिविधिका कारण क्षेत्रीय शान्ति प्रक्रियामाथि थप प्रश्न उठ्न थालेको विश्लेषकहरूले बताएका छन् ।