१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमन्त्री पौडेलले सोल्टी होटल पुगेर भेटे पोखराका खेलाडीलाई



अ+ अ-

काठमाडौं ।  स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एनपीएल सुरु हुनु एक दिनअघि सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सका खेलाडीलाईभेटेका छन्।

आफू पनि गण्डकी प्रदेशकै प्रतिनिधित्व गर्ने बताउँदै पोखराको हस्पिटालिटी पार्टनर सोल्टी होटलमा बसेका खेलाडीहरूलाई उनले जितको अग्रिम शुभकामना दिए।
‘म पनि तनहुँमा जुन जन्मेको पोखरामा हुर्केको हुँ। त्यसैले मेरो समर्थन पोखरा एभेन्जर्सलाई छ। तपाईँहरू ट्रफी जितेर आउनुस्। अग्रिम शुभकामना छ,’
खेलाडीलाई भेटेर पौडेलले शुभकामना दिए।

कार्यक्रममा पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले एनपीएलको ट्रफी उचाल्न टिम तयार भएको बताए। ‘एनपीएलको ट्रफी उचालेपछि फेरि मन्त्रीज्यूबाट स्वागतका क्रममा भेट हुनेछ, ‘ त्रिपाठीले विश्वास व्यक्त गरे। एनपीएल शनिबारबाट टियु क्रिकेट मैदानमा सुरु हुँदैछ।