१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेको आजको बयान सकियो



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको काठमाडौंमा आजको बयान सकिएको छ । जिल्ला सहकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि सुरु भएको बयान दिउँसो ३ः३० बजे सकिएको हो ।

आइतबार पनि बयानलाई निरन्तरता दिइने र सोहि दिन सक्ने तयारी गरिएको सरकारी वकिलको कार्यांलय भद्रकालीका प्रमुख सहमहान्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनविरुद्ध पक्राउ पूर्जी जारी भएको लामिछानेलाई बिहीबार बयानको लागि काठमाडौं ल्याइएको थियो ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । यो बीचमा उनलाई रुपेन्देही पनि बयानको लागि लगिएको थियो । उनीमाथि चितवनको साहारा सहकारीको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ । ।