२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष संरक्षण आवश्यक भएका बालबालिकाहरुको आधारभुत अधिकार सरकारको पहिलो प्राथमिकताः मन्त्री सुडी



अ+ अ-

काठमाडौँ । महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले विशेष संरक्षण आवश्यक भएका बालबालिकाहरुको आधारभुत अधिकार सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

शुक्रवार बालअधिकारको सय वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बालबालिकाहरु देशको भविष्य मात्र नभइ वर्तमानका लागि पनि महत्वपूर्ण रहेको बताउनु भयो । बालबालिकाको शिक्षा र स्वास्थ्य सरकारको प्राथमिकताको विषय भएको बताउनु भयो । नेपालको राजनीतिक परिवर्तनसँगै नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३९ र बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालअधिकारको सम्मान, संरक्षण र परिपूर्तिमा राज्यको दायित्वलाई अस्पष्ट कानूनी व्यवस्था राखेको बताउनु भयो । उहाँले बालविवाह अन्त्य, बालविवाह श्रमउन्मुलन, शिक्षामा सबैको पहुँच र बालबालिकाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरु हाँसिल गरेको बताउनु भयो ।

मन्त्री सुडीले भन्नुभयो, ‘नेपालको सशस्त्र द्वन्द्वको समयमा बालबालिकाको भुमिका निकै महत्वपूर्ण रह्यो । तथा नेपालको राजनीतिक परिवर्तनसँगै नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३९ र बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालअधिकारको सम्मान, संरक्षण र परिपूर्तिमा राज्यको दायित्वलाई अस्पष्ट कानूनी व्यवस्था राखेको छ । हामीले बालविवाह अन्त्य, बालविवाह श्रमउन्मुलन, शिक्षामा सबैको पहुँच र बालबालिकाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरु हाँसिल गरेका छौँ । बालअधिकारको जेनेभा घोषणापत्रको सय वर्ष पूरा भइसकेको अवसरमा बालअधिकारका क्षेत्रमा क्रियाशिल नागरिक संस्था र सञ्जालहरुको संयोजनमा नेपालको बालअधिकार अभियान उपलब्धि एवं कार्यहरुको समीक्षा र आगामी कार्यदिशा विषयमा अध्ययन प्रतिवेदन यहाँहरुसमक्ष पु¥याएकोमा धन्यवाद दिन चाहन्छु । सबै संघसंस्थाहरुलाई बालअधिकारको संरक्षण र प्रवद्र्धनमा अझ सशक्त रुपमा संलग्न हुन आह्वान गर्न चाहन्छु । प्यारा बालबालिकाहरु तपाईंहरु देशको भविष्य मात्र होइन वर्तमानका पनि महत्वपूर्ण अंग हो । तपाईंहरुको अवाजले नीति, योजना, निर्माणमा प्रभाव पार्छ । तपाईंहरुको संरक्षण, शिक्षा र स्वास्थ्य हाम्रो प्राथमिकता हो । विशेष संरक्षण आवश्यक भएका बालबालिकाहरुको आधारभुत अधिकार हाम्रो पहिलो प्राथमिकता हो ।’

मन्त्री सुडीले बाल अधिकारको संरक्षण र प्रवद्र्धनमा अझ सशक्त रुपमा लाग्न आह्वान गर्नुभयो ।